काँडा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् काँडा

उत्‍पत्ति 3 : 18
18 त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्‌।

अय्‍यूब 41 : 2
2 के तैंले त्‍यसको नाक छेड़ेर डोरी लगाउन सक्‍छस्‌? अथवा त्‍यसको च्‍यापु बल्‍छीले छेड्‌न सक्‍छ?

भजनसंग्रह 58 : 9
9 तिम्रा भाँड़ाहरू काँढ़ाको आगोमा तातिन अघि, ती हरिया हुन्‌ कि सुकेका, दुष्‍टहरू बगाएर लगिनेछन्‌।

भजनसंग्रह 118 : 12
12 तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।

उपदेशक 7 : 6
6 भाँड़ामुनि पड्‌कने काँढ़ाको आगोजस्‍तै मूर्खहरूको हाँसो हुन्‍छ। यो पनि व्‍यर्थै हो।

होशे 2 : 6
6 यसकारण काँढ़े झाँगले त्‍यसको बाटो म रोकिदिनेछु, र त्‍यसलाई पर्खालभित्र थुनिदिनेछु र त्‍यसले बाटो पाउनेछैन।

मीका 7 : 4
4 तिनीहरूमध्‍येको सबैभन्‍दा असलचाहिँ काँढ़ाजस्‍तै छ, सबैभन्‍दा सोझोचाहिँ काँढ़ाको झाँगभन्‍दा खराब छ। तिमीहरूका पहरादारहरूको दिन आएको छ, अर्थात्‌ त्‍यो दिन जब परमेश्‍वरले तिमीहरूलाई भेट गर्न आउनुहुन्‍छ। अब तिनीहरूलाई खलबलाउने समय भयो।

मत्ती 27 : 29
29 तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”

मर्कूस 15 : 17
17 अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्‍त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए,

यूहन्‍ना 19 : 2
2 अनि सिपाहीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्‍त्र पहिराइदिए,

यूहन्‍ना 19 : 5
5 तब काँढ़ाको मुकुट र बैजनी रङ्गको वस्‍त्र पहिरिएका येशू बाहिर आउनुभयो, र पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस!”

गन्ती 33 : 55
55 “‘तर तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरूलाई धपाएनौ भने, रहन दिएकाहरूचाहिँ तिमीहरूका आँखामा परेका छेस्‍का र जीउमा बिझेका काँढ़ाजस्‍तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दु:ख दिनेछन्‌।

२ कोरिन्थी 12 : 7
7 तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढ़ो मेरो शरीरमा दिइयो।

हितोपदेश 22 : 5
5 दुष्‍टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्‍छन्, तर जसले आफ्‍नो प्राणको रक्षा गर्छ, त्‍यो त्‍यस्‍ता कुराहरूदेखि टाढ़ै रहन्‍छ।

मत्ती 13 : 7
7 अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।

मत्ती 13 : 22
22 काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *