यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कसरी बच्न सकिन्छ
एफिसी 2 : 8 – 10
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
10 किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
१ पत्रुस 3 : 18 – 22
18 किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो।
19 यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो।
20 ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए।
21 यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ।
22 उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ।
यूहन्ना 3 : 5
5 येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
१ यूहन्ना 5 : 16 – 17
16 यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ।
17 सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन।
रोमी 10 : 13
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।
यूहन्ना 3 : 1 – 5
1 फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए।
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।”
4 निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ?”
5 येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
फिलिप्पी 2 : 12 – 13
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।
यूहन्ना 1 : 12
12 तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
एफिसी 2 : 9
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
रोमी 6 : 23
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
यूहन्ना 6 : 67 – 71
67 येशूले बाह्रैलाई भन्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन्
69 र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।
यूहन्ना 6 : 55 – 59
55 किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो।
56 मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु।
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58 स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्नुभएको हो।
रोमी 11 : 19 – 22
19 तिमी भन्नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।”
20 ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरूचाहिँ तिम्रो विश्वासले मात्र खड़ा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भय राख।
21 किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नुभएन भनेता तिमीलाई पनि बाँकी राख्नुहुनेछैन।
22 यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ।
१ तिमोथी 3 : 14 – 15
14 तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्तछु,
15 ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड़ हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख।
Leave a Reply