करूबिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् करूबिम

उत्‍पत्ति 3 : 24
24 उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।

प्रस्‍थान 25 : 20
20 ती करूबहरूले आ-आफ्‍ना पखेटा मास्‍तिर फैलाएका र कृपा-आसनलाई आफ्‍ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ।

प्रस्‍थान 37 : 9
9 ती करूबहरूले आ-आफ्‍ना पखेटा माथितिर फिँजाएर पखेटाले कृपा-आसनमाथि छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ आमनेसामने कृपा-आसनतिर फर्केका थिए।

१ राजाहरू 8 : 7
7 सन्‍दूक राखिएको ठाउँको माथि करूबहरूका पखेटा फैलिएका थिए, र सन्‍दूक र त्‍यसका डन्‍डाहरूमाथि करूबहरूका पखेटाले छाया पारेका थिए।

२ इतिहास 5 : 8
8 करूबहरूका पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलिएका थिए, अनि तिनले सन्‍दूक र त्‍यसका डन्‍डाहरू ढाकेका थिए।

हिब्रू 9 : 5
5 सन्‍दूकमाथि कृपा-आसनमा छाया पारिराख्‍ने ईश्‍वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्‍तारपूर्वक भन्‍न सक्‍दैनौं।

प्रस्‍थान 26 : 1
1 “तैंले दश वटा पर्दा भएको पवित्र वासस्‍थान बनाउनू। ती पर्दा मसिनो गरी बाटेको सूती कपड़ाका र नीलो, बैजनी र रातो रङ्गको धागोका होऊन्‌। तिनमा सिपालु शिल्‍पकारको काम भएका करूबहरूसमेत तैंले बनाउनू।

प्रस्‍थान 36 : 8
8 काम गर्नेहरूमा जति जना निपुण थिए, तिनीहरूले दश वटा पर्दा भएको पवित्र वासस्‍थान बनाए। ती पर्दा मसिनो गरी बाटेका सूती कपड़ाका र नीलो, बैजनी र रातो धागोका, सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका थिए।

प्रस्‍थान 26 : 31
31 “अनि नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाउनू, र त्‍यसमा सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका होस्‌।

प्रस्‍थान 36 : 35
35 तिनीहरूले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाए। त्‍यो निपुण शिल्‍पकारको काम भएका करूबहरू भएको थियो।

१ राजाहरू 6 : 29
29 मन्‍दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्ताहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए।

२ इतिहास 3 : 13
13 करूबका पखेटा बीस हातसम्‍म फिँजिएका थिए। तिनीहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य खण्‍डतिर फर्केका थिए।

२ इतिहास 3 : 14
14 तिनले नीलो, बैजनी र रातो रङ्गको धागो र मलमलको कपड़ाको पर्दा बनाए, र त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए।

१ राजाहरू 6 : 35
35 तिनले तिनमा करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र ती बुट्टा सुनले बराबर मोहोरे।

२ इतिहास 3 : 7
7 तिनले त्‍यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए।

१ राजाहरू 7 : 29
29 ती पाटाहरू र फ्रेमहरूमा पनि सिंहहरू, साँढ़ेहरू र करूबहरू थिए— फ्रेममाथि पनि।

१ राजाहरू 7 : 36
36 पाटाहरूमा जहाँ-जहाँ खाली ठाउँ थिए, त्‍यहाँ-त्‍यहाँ तिनले करूबहरू, सिंहहरू र खजूरका बोटहरू र त्‍यसका वरिपरि मालाहरू कुँदेर बनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *