कम्युनियन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कम्युनियन

भजनसंग्रह 16 : 7
7 मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ।

यूहन्‍ना 14 : 18
18 “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।

यूहन्‍ना 14 : 23
23 येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “जसले मलाई प्रेम गर्छ, त्‍यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौं, र त्‍यससँग वास गर्नेछौं।

१ कोरिन्थी 10 : 16
16 आशिष्‌का त्यो कचौरा जुनको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? त्‍यो रोटी, जुन हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन?

२ कोरिन्थी 6 : 16
16 मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌”

२ कोरिन्थी 13 : 14
14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्‍माको सङ्गति तिमीहरू सबैसँग रहून्‌।

गलाती 4 : 6
6 तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ।

फिलिप्पी 2 : 2
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर।

१ यूहन्‍ना 1 : 3
3 हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्‌। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।

उत्‍पत्ति 5 : 22
22 मतूशेलह जन्‍मेपछि हनोक तीन सय वर्षसम्‍म परमेश्‍वरको साथसाथ हिँड्‌दैरहे। उनका अरू छोराछोरीहरू जन्‍मे।

उत्‍पत्ति 5 : 24
24 हनोक परमेश्‍वरको साथसाथ हिँड्‌थे। अनि उनी अलप भए, किनभने परमेश्‍वरले उनलाई उठाइलानुभयो।

उत्‍पत्ति 6 : 9
9 नोआको वृत्तान्‍त यही हो। आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे।

उत्‍पत्ति 6 : 22
22 परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।

उत्‍पत्ति 8 : 17
17 तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पक्षी दुवै, र घस्रने जन्‍तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्‍वीमा प्रशस्‍त गरी बढून्, र तिनीहरू पृथ्‍वीमा फैलिँदै र संख्‍यामा वृद्धि हुँदैजाऊन्‌।”

उत्‍पत्ति 12 : 3
3 तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।”

उत्‍पत्ति 12 : 7
7 परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म तेरा सन्‍तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्‍ति तिनले त्‍यहाँ एउटा वेदी बनाए।

उत्‍पत्ति 17 : 2
2 मेरो र तेरो बीचमा म आफ्‍नो करार पक्‍का गर्नेछु, र म तेरो अत्‍यन्‍तै वृद्धि गराउनेछु।”

उत्‍पत्ति 18 : 33
33 अब्राहामसित कुरा गरिसक्‍नुभएपछि परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो ठाउँमा फर्के।

उत्‍पत्ति 22 : 2
2 उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌।”

उत्‍पत्ति 22 : 12
12 उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा”, र “त्‍यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”

उत्‍पत्ति 22 : 18
18 तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌।”

उत्‍पत्ति 16 : 12
12 मानिसहरूमा त्‍यो जङ्गली गधाजस्‍तै हुनेछ। त्‍यसको हात सबैका विरुद्धमा उठ्‌नेछ, र सबैका हात त्‍यसको विरुद्धमा उठ्‌नेछन्‌। आफ्‍ना सबै नातेदारहरूकै शत्रुतामा त्‍यो बसोबास गर्नेछ।”

उत्‍पत्ति 26 : 1 – 360

1 अब्राहामको समयमा परेको अनिकालबाहेक त्‍यस देशमा अर्को अनिकाल पनि पर्‍यो। तब इसहाक पलिश्‍तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए।
2 परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्‌।
3 त्‍यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि मैले तेरो बुबा अब्राहामसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्‍तानलाई यी नै देशहरू दिनेछु।
4 तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्‍तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष्‌ पाउनेछन्,
5 किनभने अब्राहामले मेरो वचन पालन गर्‍यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्‍यो।”
6 यसैकारण इसहाक गरारमा नै बसे।
7 त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपूछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्‌” भने। किनभने “रिबेकाको खातिर त्‍यस ठाउँका मानिसहरूले मलाई मारिहाल्‍लान्‌” भनी रिबेकालाई आफ्‍नी पत्‍नी भन्‍न तिनी डराए। किनकि रिबेका अत्‍यन्‍तै सुन्‍दरी थिइन्‌।
8 इसहाक त्‍यहाँ धेरै दिन बसेपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्दा इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे।
9 यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “हेर, तिनी त साँच्‍चै तिम्री पत्‍नी रहिछन्‌। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान्‌ भन्‍ने मैले सोचें।”
10 अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्‍नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्‍याउनेथियौ।”
11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ।”
12 इसहाकले बालीनाली लगाए, र त्‍यही साल तिनले सय गुणा कटनी गरे।
13 परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो, र तिनी धनी भए, र झन्‌-झन्‌ बढ़ेर तिनी अत्‍यन्‍तै धनाढ्य भए।
14 तिनका प्रशस्‍त भेड़ाबाख्रा, गाई-गोरु र नोकरचाकर भए। यसैकारण पलिश्‍तीहरूले तिनलाई डाह गर्न लागे।
15 तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्‍तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए।
16 त्‍यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्‍ति ज्‍यादै शक्तिशाली भएका छौ।”
17 तब त्‍यहाँबाट निस्‍केर इसहाकले गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गर्न लागे।
18 तिनले आफ्‍ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्‍न लाए। किनभने अब्राहामको मृत्‍युपछि पलिश्‍तीहरूले ती पुरिदिएका थिए। अनि तिनले ती इनारहरूका नाउँ आफ्‍ना पिताले राखेकै नाउँ राखिदिए।
19 बेँसीमा खन्‍दा इसहाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए।
20 तर गरारका गोठालाहरू इसहाकका गोठालाहरूसँग “यो पानी हाम्रो हो” भनेर झगड़ा गर्न लागे। यसकारण तिनले त्‍यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगड़ा गरेका थिए।
21 तब तिनीहरूले अर्को इनार खने, र त्‍यसमा पनि झगड़ा भयो। यसकारण तिनले त्‍यसको नाउँ सित्‍ना राखे।
22 तिनी त्‍यहाँबाट अन्‍यत्र गए, र तिनले अर्को इनार खने। त्‍यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्‍यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्‍ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो हुनेछौं।”
23 त्‍यहाँदेखि तिनी बेर्शेबामा सरे।
24 परमप्रभु त्‍यही रात तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्‍नुभयो, “म तेरो पिता अब्राहामका परमेश्‍वर हुँ। नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष्‌ दिनेछु, र मेरो दास अब्राहामको खातिर म तेरा सन्‍तानको वृद्धि गराउनेछु।”
25 तब इसहाकले त्‍यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्‍नो पाल त्‍यहीँ नै टाँगे। त्‍यहाँ तिनका नोकरहरूले एउटा इनार खने।
26 एक दिन अबीमेलेक आफ्‍ना सल्‍लाहकार अहुज्‍जत र आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट इसहाककहाँ आए।
27 इसहाकले तिनीहरूलाई भने, “दुश्‍मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्‍नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?”
28 तिनीहरूले भने, “हामीले प्रष्‍टै देख्‍यौं कि परमप्रभु तपाईंसँग हुनुहुन्‍थ्‍यो। यसैले हामी यही भन्‍न चाहन्‍छौं कि हाम्रा बीचमा, अर्थात्‌ तपाईं र हाम्रा बीचमा एउटा सम्‍झौता होस्‌। तपाईंसँग हामी शपथसहितको एउटा सन्‍धि गरौं,
29 जसद्वारा तपाईंले हामीलाई केही हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई नछोईकन शान्‍तिसाथ पठाएका थियौं। तपाईं अब परमेश्‍वरका आशिष्‌का पात्र हुनुहुन्‍छ।”
30 तब इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए।
31 बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्‍तिसाथ छुट्टिएर गए।
32 त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, “हामीले पानी भेट्टाएका छौं।”
33 तब तिनले त्‍यसको नाउँ शिबा राखे। यसकारण त्‍यस सहरको नाउँ आजसम्‍म बेर्शेबा भनिन्‍छ।
34 एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए।
35 ती स्‍त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *