कमिलाहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कमिलाहरू

हितोपदेश 6 : 6 – 8
6 ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!
7 त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
8 तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।

हितोपदेश 30 : 25
25 कमिला थोरै बल भएका प्राणी हुन्‌ तापनि ग्रीष्‍म ऋतुमा नै तिनीहरू आफ्‍नो भोजन सञ्‍चय गर्छन्,

हितोपदेश 30 : 24 – 25
24 “पृथ्‍वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्‍यन्‍तै बुद्धिमान्‌ हुन्‍छन्‌:
25 कमिला थोरै बल भएका प्राणी हुन्‌ तापनि ग्रीष्‍म ऋतुमा नै तिनीहरू आफ्‍नो भोजन सञ्‍चय गर्छन्,

हितोपदेश 6 : 6
6 ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!

हितोपदेश 13 : 4
4 अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।

हितोपदेश 20 : 4
4 अल्‍छेले बेलामा जोत्‍दैन, त्‍यसकारण फसलको बेला त्‍यसले खोज्‍छ तर केही फेला पार्दैन।

कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

एफिसी 6 : 7
7 मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *