यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कनानीहरू
उत्पत्ति 10 : 19
19 कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो।
व्यवस्था 7 : 1
1 जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुन्छ,
१ इतिहास 1 : 16
16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पिता थिए।
उत्पत्ति 10 : 19
19 कनान देशको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म थियो।
उत्पत्ति 12 : 6
6 अब्राम त्यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्म पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे।
उत्पत्ति 15 : 18
18 त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु—
प्रस्थान 23 : 31
31 “म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्तीहरूको समुद्रसम्म, [1] र उजाड़-स्थानदेखि यसो यूफ्रेटिससम्मै तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरूले उनीहरूलाई धपाउनेछौ।
गन्ती 13 : 29
29 नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।”
गन्ती 34 : 12
12 तब त्यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्कोस्। “ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।”
यहोशू 1 : 4
4 मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै [1] तिमीहरूको सिमाना हुनेछ।
यहोशू 5 : 1
1 यर्दन वारि पश्चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले, इस्राएलीहरूका निम्ति तिनीहरू पार नतरुञ्जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्ने कुरा जब सुने, तब इस्राएलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्न लाग्यो र उनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस रहेन।
उत्पत्ति 12 : 7
7 परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए।
उत्पत्ति 15 : 18
18 त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु—
उत्पत्ति 17 : 8
8 तैंले प्रवास गरेको यो देश, अर्थात् सारा कनान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु।”
प्रस्थान 23 : 23
23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन्, र एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूको देशमा तिमीहरूलाई पुर्याउनेछन्, र म उनीहरूको नाउँनिशान मेटिदिनेछु।
व्यवस्था 7 : 3
3 उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नलिनू,
व्यवस्था 32 : 49
49 “यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाड़को नेबो डाँड़ामाथि उक्लेर जा, र मैले इस्राएलीहरूको अधिकारमा दिने कनान देशलाई हेर्।
भजनसंग्रह 135 : 12
12 अनि तिनीहरूका भूमि आफ्नो प्रजा इस्राएललाई पैतृक-सम्पत्तिको रूपमा दिनुभयो।
उत्पत्ति 13 : 13
13 सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।
लेवीहरू 18 : 25
25 त्यसरी नै त्यो देश अशुद्ध भएको हो। अनि मैले त्यसमाथि त्यसका अधर्मको दण्ड उठाएँ, र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो।
लेवीहरू 18 : 28
28 मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्यस देशलाई अशुद्ध पार्यो भने त्यसका पूर्वबासिन्दालाई झैँ तिमीहरूलाई पनि त्यसले उकेलेर फ्याँकिदिनेछ।
लेवीहरू 20 : 23
23 तिमीहरूका सामुन्ने मैले निकाल्न लागेका जातिहरूका चालचलनमा तिमीहरू नहिँड्नू। तिनीहरूले यी सबै काम गरेका थिए, त्यसैकारण मैले तिनीहरूलाई घृणा गरें।
प्रस्थान 33 : 2
2 म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु।
प्रस्थान 34 : 11
11 जुन आज्ञा आज म तँलाई दिँदैछु, त्यो तैंले पालन गर्। हेर्, म तेरो सामुन्नेबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी, र यबूसीहरूलाई धपाउनेछु।
Leave a Reply