कनान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कनान

उत्‍पत्ति 9 : 18
18 जहाजबाट बाहिर निस्‍किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्‌। हामचाहिँ कनानका पिता थिए।

उत्‍पत्ति 9 : 22
22 कनानका पिता हामले आफ्‍ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्‍ना दुवै दाजुहरूलाई बताइदिए।

उत्‍पत्ति 9 : 27
27 परमेश्‍वरले येपेतको वृद्धि गरून्, र त्‍यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्‌।”

उत्‍पत्ति 10 : 6
6 हामका छोराहरू: कूश, मिश्रइम, [1] पूत र कनान।

उत्‍पत्ति 10 : 15
15 कनान आफ्‍ना जेठा छोरा सीदोन र हेतका पिता भए।

१ इतिहास 1 : 8
8 हामका छोराहरू: कूश, मिश्रइम, [1] पूत र कनान।

उत्‍पत्ति 11 : 31
31 तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे।

उत्‍पत्ति 17 : 8
8 तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।”

उत्‍पत्ति 23 : 2
2 सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌। अब्राहाम साराको निम्‍ति शोक र विलाप गर्न त्‍यहाँ गए।

प्रस्‍थान 15 : 17
17 तपाईंले तिनीहरूलाई ल्‍याएर तपाईंको आफ्‍नो उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ— त्‍यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्‍नो वासको निम्‍ति बनाउनुभयो, त्‍यही पवित्रस्‍थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्‍थापना गरे।

प्रस्‍थान 15 : 14
14 जातिहरूले सुन्‍नेछन्‌ र काम्‍नेछन्‌। पलिश्‍त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।

१ शमूएल 13 : 19
19 त्‍यस बेला इस्राएलभरि नै कुनै लोहार पाइँदैनथ्‍यो, किनभने पलिश्‍तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्‍चय गरेका थिए।

उत्‍पत्ति 40 : 15
15 किनकि मलाई वास्‍तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्‍याएको हो, र यहाँ पनि झ्‍यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *