कट्टरता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कट्टरता

यशैया 65 : 5
5 जसले भन्‍छन्, ‘पर जा, मेरो नजिक नआइज, किनकि म तेरो निम्‍ति अति पवित्र छु’। यस्‍ता मानिसहरू त मेरा नाकमा धूवाँ, र दिनभरि बलिरहने आगो हुन्‌।

मर्कूस 2 : 16
16 उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्‍त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्‍छन्‌?”

लूका 15 : 2
2 “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्‍त्रीहरू गनगनाउन लागे।

लूका 9 : 50
50 तर येशूले तिनलाई भन्‍नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्‍यो तिम्रो पक्षमा हुन्‍छ।”

लूका 18 : 14
14 “म तिमीहरूलाई भन्‍दछु, योचाहिँ मानिस त्‍यस अर्काभन्‍दा धर्मी ठहरिएर आफ्‍नो घरतिर लाग्‍यो। किनभने हरेक जसले आफूलाई उच्‍च पार्दछ, त्‍यो होच्‍याइनेछ, तर जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।”

प्रेरित 10 : 28
28 तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्‍वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्‍नू भनी देखाउनुभएको छ।

प्रेरित 10 : 45
45 अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए।

प्रेरित 18 : 13
13 र यसो भने, “यस मानिसले व्‍यवस्‍थाको विरुद्ध परमेश्‍वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ।”

रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

रोमी 4 : 16
16 त्‍यसैले यो प्रतिज्ञा विश्‍वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्‍ति पक्‍का होस्‌। यो प्रतिज्ञा व्‍यवस्‍था पालन गर्नेहरूका निम्‍ति मात्र नभएर अब्राहामको जस्‍तो विश्‍वासमा हुनेहरूका निम्‍ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्‌।

रोमी 4 : 25
25 उहाँ हाम्रा अपराधहरूका निम्‍ति मारिनुभयो, र हामीलाई धर्मी तुल्‍याउनलाई जीवित पारिनुभयो।

गन्ती 11 : 29
29 तर मोशाले तिनलाई भने, “के मेरो खातिर तिमी डाह गर्ने भयौ? परमप्रभुले आफ्‍ना आत्‍मा आफ्‍ना सबै मानिसमाथि राखिदिएर ती सबै अगमवक्ता भइदिए त कति असल हुनेथियो।”

यूहन्‍ना 4 : 9
9 तब सामरी स्‍त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्‍त्रीको हातबाट कसरी पानी पिउनुहुन्‍छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्‍बन्‍ध राख्‍दैनन्‌।)

यूहन्‍ना 4 : 27
27 त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌।

लूका 4 : 28
28 यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए।

यूहन्‍ना 5 : 18
18 यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्‍न गर्न लागे, किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्‍वरको बराबरी तुल्‍याएर उहाँले परमेश्‍वरलाई आफ्‍नै पिता भन्‍नुभएको थियो।

मत्ती 11 : 19
19 मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्‍दछन्, ‘हेर, घिचुवा, पियक्‍कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्‍ने कुरा त्‍यसका कामहरूबाटै प्रमाणित हुन्‍छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *