यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कंजूस
हितोपदेश 23 : 6 – 8
6 कन्जुस मानिसको भोजन नखा, त्यसको मीठो भोजनको लोभ नगर्,
7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई “खानुहोस्, पिउनुहोस्” भन्छ, तर त्यसको मन तँसित हुँदैन।
8 तैंले त्यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्यसलाई तैंले गरेको अभिवादन त्यसै खेर जानेछ।
प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।”
याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।
१ तिमोथी 6 : 17 – 19
17 यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।
18 तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्।
19 यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो।
१ यूहन्ना 2 : 16
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
Leave a Reply