यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् औषधी
हितोपदेश 17 : 22
22 प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।
यशैया 1 : 6
6 पैतालादेखि टुपीसम्मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्।
यशैया 38 : 21
21 यशैयाले यसो भनेका थिए, “नेभाराको लेप बनाएर हिजकियाको पिलोमा लगाइदेओ, र तिनी निको हुनेछन्।”
यर्मिया 8 : 22
22 के गिलादमा कुनै लेप छैन? के त्यहाँ कुनै वैद्य छैन? त्यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन?
यर्मिया 30 : 13
13 तेरो पक्षमा बिन्ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्ति चङ्गाइ छैन।
यर्मिया 46 : 11
11 “हे मिश्रदेशकी कन्ये-छोरी, माथि गिलादमा गएर मलहम ले। तर तैंले व्यर्थमा धेरै किसिमका औषधीहरू लगाउँछस्। तँ निको हुनेछैनस्।
यर्मिया 51 : 9
9 “‘हामीहरूले बेबिलोनलाई निको पार्नेथियौं, तर त्यो निको हुन सक्दैन। त्यसलाई छोड़िदियौं, र हामी आ-आफ्नो देशमा गइहालौं। किनकि त्यसको इन्साफ आकाशसम्मै पुगेको छ, यो बादलसम्मै अग्लो उठेको छ’।
इजकिएल 47 : 12
12 नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्। तिनीहरूका पात ओइलाउनेछैनन्। तिनीहरूका फलहरू कहिल्यै शेष हुनेछैनन्। तिनीहरूले हरेक महिना नै फल दिनेछन्, किनभने पवित्रस्थानदेखि तिनीहरूमा पानी बग्छ। तिनीहरूका फल खानाको निम्ति र तिनीहरूका पातचाहिँ आरोग्यको लागि हुनेछन्।”
लूका 10 : 34
34 र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।
Leave a Reply