औपचारिकता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् औपचारिकता

१ शमूएल 15 : 22
22 तर शमूएलले भने, “होमबलि र बलिदानभन्‍दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्‍न र? आज्ञापालन बलिदानभन्‍दा उत्तम हो, र उहाँको वचन मान्‍नु भेड़ाको बोसोभन्‍दा असल हो।

भजनसंग्रह 50 : 15
15 र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”

भजनसंग्रह 51 : 17
17 तोडिएको आत्‍मा नै परमेश्‍वरको निम्‍ति बलिदान हो। हे परमेश्‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्‍कार गर्नुहुन्‍न।

भजनसंग्रह 69 : 31
31 बलिको साँढ़ेभन्‍दा यी कुराले परमप्रभुलाई बढ़ी प्रसन्‍न पार्नेछन्‌, सीङ र खुर भएको गोरुभन्‍दा पनि बढ़ी प्रसन्‍न पार्नेछन्‌।

उपदेशक 5 : 1
1 परमेश्‍वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्‍दा परमेश्‍वरको वचन सुन्‍नलाई जाओ, किनकि भूल गर्दैछन्‌ भन्‍ने तिनीहरू जान्‍दैनन्‌।

यशैया 1 : 15
15 तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।

यशैया 29 : 16
16 कुमाले माटोजस्‍तै छ भनी सोचेजस्‍तै तिमीहरू कुरा उल्‍टापुल्‍टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्‍छ, “त्‍यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्‍न सक्‍छ, “त्‍यसले केही पनि जान्‍दैन”?

यर्मिया 6 : 20
20 शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्‍याइएका मलाई के वास्‍ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्‍य हुँदैनन्‌। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”

यर्मिया 14 : 12
12 तिनीहरू उपवास बसे तापनि म तिनीहरूको दुहाई सुन्‍नेछैनँ। तिनीहरूले होमबलि र अन्‍नबलि चढ़ाए तापनि म यी ग्रहण गर्नेछैनँ। त्‍यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढ़ीले नाश गर्नेछु।”

होशे 6 : 6
6 किनभने म बलिदान होइन, दया चाहन्‍छु, र होमबलिभन्‍दा परमेश्‍वरको मान्‍यता अझ बढ़ी चाहन्‍छु।

आमोस 5 : 23
23 तिमीहरूका सङ्गीतहरूको हल्‍ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्‍न चाहन्‍नँ।

मीका 6 : 7
7 के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?

मलाकी 1 : 6
6 “छोराले बुबाको, र नोकरले मालिकको मान गर्दछ। यदि म बुबा हुँ भने मलाई दिनुपर्ने मान खोइ त? यदि म मालिक हुँ भने मेरो आदर खोइ त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “ए पूजाहारीहरू हो, तिमीहरू नै मेरो नाउँको अवहेलना गर्दछौ। “तर तिमीहरू सोध्‍छौ, ‘हामीले कसरी तपाईंका नाउँको अवहेलना गर्‍यौं?’

मलाकी 1 : 8
8 जब तिमीहरूले अन्‍धा पशुहरू बलिदान चढ़ाउन ल्‍याउँछौ, तब के त्‍यो भूल कुरो होइन र? जब तिमीहरूले लङ्गड़ा र बेथा लागेका पशुहरू बलिदान चढ़ाउँदछौ, तब के त्‍यो भूल कुरो होइन र? ती तिमीहरूका राज्‍यपाललाई चढ़ाउन कोशिश गर। के तिनी तिमीहरूदेखि खुशी हुनेछन्‌? के तिनले त्‍यो ग्रहण गर्नेछन्‌?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

मलाकी 1 : 10
10 “तिमीहरूले व्‍यर्थमा मेरो वेदीमा आगोहरू नबाल्‍नलाई तिमीहरूमध्‍ये कसैले मन्‍दिरका ढोकाहरू थुनिदिए त हुनेथियो। म तिमीहरूसँग खुशी छैनँ, तिमीहरूका हातले चढ़ाएको भेटी म ग्रहण गर्नेछैनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

मलाकी 1 : 14
14 “तर यस्‍तो छल गर्ने श्रापित होस्, जसले आफ्‍नो बगालको ग्रहणयोग्‍य नर-पशु अर्पण गर्नलाई भाकल त गर्छ, तर खोट लागेको पशु परमप्रभुलाई चढ़ाउँदछ। किनभने म महाराजा हुँ, र मेरो नाउँ जाति-जातिहरूका बीचमा भययोग्‍य हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

मत्ती 9 : 13
13 तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्‍छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”

मत्ती 12 : 7
7 तर ‘म बलिदान होइन, दया चाहन्‍छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ।

मत्ती 15 : 9
9 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”

लूका 13 : 27
27 “उनले भन्‍नेछन्, ‘म तिमीहरूलाई भन्‍दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्‍दिनँ। दुष्‍ट काम गर्ने हो, मबाट दूर होओ।’

रोमी 2 : 29
29 यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।

१ कोरिन्थी 7 : 19
19 खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्‍वरको आज्ञापालन मुख्‍य कुरा हो।

फिलिप्पी 3 : 7
7 तर जति कुरा मेरो निम्‍ति लाभदायक थिए, ती त मैले ख्रीष्‍टको खातिर हानि नै ठानें।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *