ओम्री

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओम्री

१ राजाहरू 16 : 16
16 छाउनीमा भएका इस्राएलीहरूले जिम्रीले षड्‌यन्‍त्र गरेर राजाको हत्‍या गरेका जब सुने, तब त्‍यही दिन छाउनीमा नै तिनीहरूले आफ्‍ना सेनापति ओम्रीलाई इस्राएलका राजा घोषणा गरे।

१ राजाहरू 16 : 22
22 तर ओम्रीको पछि लाग्‍नेहरू गीनतका छोरा तिब्‍नीको पछि लाग्‍नेहरूभन्‍दा अझ शक्तिशाली थिए। यसैले तिब्‍नी मरे, र ओम्री राजा भए।

१ राजाहरू 20 : 34
34 बेन-हददले तिनलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म तपाईंलाई फिर्ता गरिदिनेछु। अनि मेरा पिताले सामरियामा गरेझैँ तपाईंले पनि दमस्‍कसमा व्‍यापारका बजारहरू स्‍थापित गर्न सक्‍नुहुन्‍छ।” आहाबले भने, “सन्‍धि गरेर ती शर्तहरूमा म तिमीलाई छोड़िदिनेछु।” यसैले तिनले बेन-हददसँग एउटा सन्‍धि गरे र उनलाई छोड़िदिए।

१ राजाहरू 16 : 28
28 ओम्री आफ्‍ना पित्रहरूसित सुते, र सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाब राजा भए।

मीका 6 : 16
16 तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्‍पराको पछि लागेको छस्‌। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्‍याउनेछु। तैंले जाति-जातिहरूको गिल्‍ला सहनुपर्नेछ।”

१ इतिहास 7 : 8
8 बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत।

१ इतिहास 9 : 4
4 उत्तै जो, अम्‍मीहूदका छोरा, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका एउटा सन्‍तान थिए।

१ इतिहास 27 : 18
18 यहूदाका: दाऊदका दाजु एलीहू। इस्‍साखारका: मिखाएलका छोरा ओम्री।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *