यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ओबदिया
१ राजाहरू 18 : 4
4 जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्या गरिरहेकी थिइन्, तब ओबदियाले एक सय जनालाई लिएर तिनीहरूलाई अन्नपानी दिएर पचास-पचास गरी दुई ओड़ारमा लुकाइराखेका थिए।)
१ राजाहरू 18 : 16
16 तब ओबदिया आहाबलाई भेट्न गए, र तिनलाई भनिदिए, र आहाब एलियालाई भेट गर्न गए।
१ इतिहास 3 : 21
21 हनन्याहका सन्तान: पलत्याह र यशयाह, अनि रपायाह, अर्नान, ओबदिया र शकन्याहका छोराहरू।
१ इतिहास 7 : 3
3 उज्जीका छोरा: यिज्यहि। यिज्यहिका छोराहरू: मिखाएल, ओबदिया, योएल र यिश्याह। यी पाँच जना सबै प्रधान थिए।
१ इतिहास 8 : 38
38 आसेलका छ भाइ छोराहरू थिए, र तिनीहरूका नाम यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
१ इतिहास 9 : 44
44 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाउँ यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
१ इतिहास 9 : 16
16 अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए, अनि बेरेक्याह, जो आसाका छोरा, जो एल्कानाका छोरा थिए, जो नतोपातीहरूका गाउँहरूमा बस्थे।
१ इतिहास 12 : 9
9 एसेर तिनीहरूका प्रधान थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
१ इतिहास 27 : 19
19 जबूलूनका: ओबदियाका छोरा यिश्मायाह। नप्तालीका: अज्रीएलका छोरा यरीमोत।
२ इतिहास 17 : 9
9 परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।
२ इतिहास 34 : 12
12 यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए।
Leave a Reply