एस्तर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एस्तर

एस्‍तर 2 : 7
7 मोर्दकैले आफ्‍ना काकाकी छोरी हदस्‍सा, अर्थात्‌ एस्‍तरलाई धर्मपुत्री बनाएका थिए। एस्‍तरका माता-पिता थिएनन्‌। तिनी राम्री र सुन्‍दरी थिइन्‌। तिनका माता-पिताको मृत्‍युपछि मोर्दकैले तिनलाई आफ्‍नै छोरीजस्‍तै गरी पालेका थिए।

एस्‍तर 2 : 15
15 जब मोर्दकैकी धर्मपुत्री, उनका काका अबीहेलकी छोरी एस्‍तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्‍त्रीहरूको जिम्‍मावाल राजाको नपुंसक हेगेले सल्‍लाह दिएका कुराबाहेक अरू केही लगिनन्‌। तिनलाई देख्‍ने सबैलाई एस्‍तरले मोहित गराइन्‌।

एस्‍तर 2 : 17
17 राजालाई अरू सबै स्‍त्रीहरूभन्‍दा एस्‍तरलाई नै मन पर्‍यो। अनि राजाले अरू कन्‍ये-केटीहरूभन्‍दा तिनलाई निगाह र स्‍वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्‍तीको सट्टामा तिनलाई आफ्‍नी रानी तुल्‍याए।

एस्‍तर 2 : 22
22 यो कुरो मोर्दकैले थाहा पाएर रानी एस्‍तरलाई भनिदिए। रानीले मोर्दकैको नाउँ लिएर राजालाई सो कुरो बताइदिइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *