एल्काना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एल्काना

प्रस्‍थान 6 : 24
24 कोरहका छोराहरू अस्‍सीर, एल्‍काना र अबिआसाप थिए। कोरहका वंशहरू यी नै हुन्‌।

१ इतिहास 6 : 23
23 तिनका छोरा एल्‍काना, तिनका छोरा एब्‍यासाप, तिनका छोरा अस्‍सीर,

१ शमूएल 1 : 1
1 रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्‍काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए।

१ शमूएल 1 : 4
4 बलिदान चढ़ाएको दिन एल्‍कानाले आफ्‍नी पत्‍नी पनिन्‍नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्‍थे,

१ शमूएल 1 : 8
8 तिनका पति एल्‍कानाले तिनलाई भन्‍थे, “हन्‍नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्‍ति दश जना छोराहरूभन्‍दा पनि बढ्‌ता छैनँ र?”

१ शमूएल 1 : 19
19 भोलिपल्‍ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्‍डवत्‌ गरेर आफ्‍नो घर रामामा फर्के। आफ्‍नी पत्‍नी हन्‍नाहसित एल्‍कानाको सहवास भयो, र परमप्रभुले हन्‍नाहलाई सम्‍झनुभयो।

१ शमूएल 1 : 21
21 जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्‍काना आफ्‍ना जम्‍मै परिवारसँग माथि उक्‍लेर गए,

१ शमूएल 1 : 23
23 तिनकी पति एल्‍कानाले तिनलाई भने, “तिमीलाई जे असल लाग्‍छ त्‍यही गर।” “त्‍यसले दूध नछोड़ेसम्‍म घरमै बस। केवल परमप्रभुले आफ्‍नो वचन पूरा गरून्‌।” यसैले ती स्‍त्री घरैमा बसिन्, र दूध नछोड़ेसम्‍म त्‍यस बालकलाई हुर्काइन्‌।

१ शमूएल 2 : 11
11 तब एल्‍काना रामामा आफ्‍नो घरमा फर्के, तर त्‍यो बालकचाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्‍यहीँ नै बस्‍यो।

१ शमूएल 2 : 20
20 एलीले एल्‍काना र उनकी पत्‍नीलाई आशीर्वाद दिएर भन्‍थे, “तिमीले मागेको यस छोराको सट्टामा परमप्रभुले तिमीलाई यस स्‍त्रीबाट छोराछोरीहरू देऊन्।” त्‍यसपछि तिनीहरू आफ्‍नो घर फर्कन्‍थे।

१ इतिहास 6 : 27
27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना, र तिनका छोरा शमूएल।

१ इतिहास 6 : 34
34 जो एल्‍कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोहका छोरा,

१ इतिहास 6 : 25
25 एल्‍कानाका सन्‍तान: अमासै, अहीमोत,

१ इतिहास 6 : 36
36 जो एल्‍कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्‍याहका छोरा,

१ इतिहास 6 : 26
26 तिनका छोरा एल्‍काना, तिनका छोरा सोफै, तिनका छोरा नहत,

१ इतिहास 6 : 35
35 जो सूपका छोरा, जो एल्‍कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा,

१ इतिहास 9 : 16
16 अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए, अनि बेरेक्‍याह, जो आसाका छोरा, जो एल्‍कानाका छोरा थिए, जो नतोपातीहरूका गाउँहरूमा बस्‍थे।

१ इतिहास 12 : 6
6 एल्‍काना, यिश्‍याह, अज्रेल, कोरहवंशी योएजेर र याशोबाम,

१ इतिहास 15 : 23
23 बेरेक्‍याह र एल्‍काना सन्‍दूकको निम्‍ति द्वारपाल थिए,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *