एलाम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलाम

उत्‍पत्ति 14 : 1
1 यसै समयमा शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले

उत्‍पत्ति 14 : 9
9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू।

दानिएल 8 : 2
2 मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्‍लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ।

यशैया 11 : 11
11 त्‍यस दिन परमप्रभुले अश्‍शूर, तल्‍लो र माथिल्‍लो मिश्र, कूश, एलाम, बेबिलोनिया, हमात र समुद्रका टापूहरूबाट आफ्‍ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्‍नो हात फेरि दोस्रो पल्‍ट पसार्नुहुनेछ।

यशैया 21 : 2
2 एउटा डरलाग्‍दो दर्शन मलाई देखाइयो: धोखाबाजी गर्नेले धोखाबाजी गर्छ, र लुट्‌नेले लुट्‌छ। ए एलाम, आक्रमण गर्, ए मादी, घेरा लगा। त्‍यसले गराएको सबै सुस्‍केरा म बन्‍द गरिदिनेछु।

यशैया 22 : 6
6 एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्‍ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्‍छ।

यर्मिया 25 : 25
25 जिम्रीका, एलामका र मादीका सबै राजाहरूलाई,

यर्मिया 49 : 39
39 “तापनि आउने दिनहरूमा म एलामको सुख-शान्‍ति कायम राखिदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

इजकिएल 32 : 24
24 “एलाम त्‍यहाँ छ, र त्‍यसको चिहानका चारैतिर त्‍यसका सैन्‍य-दलहरू छन्‌! यी सबै तरवारले काटिएर मारिएकाहरू हुन्‌। जीवितहरूको देशमा त्रास फैलाउने सबै पृथ्‍वीको तलतिर खतना नभईकन गए। मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्‍जत भोग्‍दछन्‌।

१ इतिहास 26 : 3
3 अन्‍तरे एलाम, जन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै।

१ इतिहास 8 : 24
24 हनन्‍याह, एलाम, अन्‍तोतियाह,

एज्रा 2 : 31
31 अर्को एलामका मानिसहरू १,२५४

नहेम्‍याह 7 : 34
34 अर्को एलामका मानिसहरू १,२५४

एज्रा 2 : 7
7 एलामका परिवारका १,२५४

एज्रा 8 : 7
7 एलामका परिवारका— अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *