एलाथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलाथ

व्यवस्था 2 : 8
8 यसैकारण सेइरमा बस्‍ने एसावका सन्‍तान, हाम्रा दाजुभाइहरूका मध्‍येबाट हामी गयौं। एलात र एस्‍योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्‍थानको बाटो लाग्‍यौं।

१ राजाहरू 9 : 26
26 राजा सोलोमनले लाल समुद्रको किनारमा भएको एदोमको एलातनेरको एस्‍योन-गेबेरमा जहाजहरू पनि बनाए।

२ इतिहास 8 : 17
17 त्‍यसपछि सोलोमन एदोमको किनारमा भएको एस्‍योन-गेबेर र एलातमा गए।

२ इतिहास 26 : 2
2 अमस्‍याह आफ्‍ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए।

२ राजाहरू 16 : 6
6 त्‍यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर एलातलाई अरामको निम्‍ति फेरि लिए। तब एदोमीहरू एलातमा पसे, र आजको दिनसम्‍म त्‍यसमा बसोबास गरेका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *