एफोद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एफोद

प्रस्‍थान 28 : 14
14 डोरीजस्‍ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू, र ती बाटेका सिक्री ती मणिघरमा लगाउनू।”

प्रस्‍थान 28 : 35
35 हारूनले सेवा गर्दा त्‍यो लगाओस्‌। पवित्रस्‍थानभित्र परमप्रभुको सामुन्‍ने प्रवेश गर्दा र बाहिर निस्‍कँदा, त्‍यसको आवाज सुनिओस्‌ र हारून नमरोस्‌।

प्रस्‍थान 25 : 7
7 एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू किसिमका रत्‍नहरू।

प्रस्‍थान 39 : 26
26 सेवा गर्दा लगाउने अलखाको तलको फेरोमा एउटा घण्‍टी र फेरि एउटा दारिम पर्ने गरी वरिपरि लगाए, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

प्रस्‍थान 28 : 29
29 “जब हारून पवित्रस्‍थानमा प्रवेश गर्नेछ, तब त्‍यसले आफ्‍नो हृदयमाथि न्‍यायको छाती-पातामा परमप्रभुको सामु निरन्‍तर सम्‍झनाको निम्‍ति इस्राएलका छोराहरूको नाउँ बोकोस्‌।

प्रस्‍थान 39 : 5
5 त्‍यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदसँग एउटै टुक्राको र त्‍यस्‍तै काम भएको सुनको, र नीलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको थियो, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

१ शमूएल 23 : 9
9 तिनको विरुद्धमा गर्न लागेको षड्‌यन्‍त्रको युक्ति जब दाऊदले बुझे तब तिनले अबियाथार पूजाहारीलाई एपोद ल्‍याउन अह्राए।

१ शमूएल 23 : 12
12 फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्‍पिदिनेछन्‌?” परमप्रभुले जवाफ दिनुभयो, “अवश्‍य, तिनीहरूले त्‍यसै गर्नेछन्‌।”

१ शमूएल 30 : 8
8 तब दाऊदले परमप्रभुलाई सोधे, “के म यी लूटपीट गर्नेहरूलाई खेदूँ? के म उनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “उनीहरूलाई खेद्‌। तैंले उनीहरूलाई भेट्टाएर सबैलाई छुटाउनेछस्‌।”

१ शमूएल 22 : 18
18 यसैले राजाले एदोमी दोएगलाई भने, “ए दोएग, गएर पूजाहारीहरूलाई मार्‌।” तब एदोमी दोएगले गएर पूजाहारीहरूलाई मार्‍यो, र त्‍यस दिन त्‍यसले पचासी जना एपोद लाउने मानिसहरूलाई आफ्नै हातले मार्‍यो।

१ शमूएल 2 : 18
18 तर बालक शमूएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्‍तर लागिरहे।

२ शमूएल 6 : 14
14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्‍ने पूरा शक्तिको साथ नाचे।

प्रस्‍थान 28 : 40
40 तैंले हारूनका छोराहरूका निम्‍ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्‍ति बनाउनू।

प्रस्‍थान 29 : 8
8 अनि त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराइदिनू,

प्रस्‍थान 39 : 27
27 हारून र तिनका छोराहरूका निम्‍ति बुनेका मसिनो सूती कपड़ाका लबेदाहरू,

प्रस्‍थान 40 : 14
14 त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराउनू।

लेवीहरू 8 : 13
13 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

लेवीहरू 10 : 5
5 यसैले तिनीहरू आएर उनीहरूले लाएकै लबेदामा मोशाले भनेबमोजिम छाउनीबाहिर उनीहरूलाई बोकेर लगे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *