एप्पल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एप्पल

हितोपदेश 25 : 11
11 ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्‍याउहरूजस्‍तै हुन्‍छन्‌।

श्रेष्‍ठगीत 2 : 3
3 वनमा भएका रूखहरूमध्‍ये स्‍याउको रूखजस्‍तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्‍छ। त्‍यस छहारीमा म बड़ो आनन्‍दले बस्‍छु अनि उहाँको फलको स्‍वाद मलाई साह्रै मीठो लाग्‍छ।

श्रेष्‍ठगीत 2 : 5
5 मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्, स्‍याउले मलाई ताजा बनाउनुहोस्‌ किनभने म प्रेमले शिथिल भएकी छु।

श्रेष्‍ठगीत 7 : 8
8 मैले भनें, “म खजूरको रूखमा चढ्‌नेछु, र यसका फल समात्‍नेछु।” तिम्रा स्‍तनहरू दाखका झुप्‍पाहरूजस्‍तै, तिम्रो सासको बास्‍ना स्‍याउको सुगन्‍धझैँ,

श्रेष्‍ठगीत 8 : 5
5 आफ्‍ना प्रेमीसित अड़ेस लाग्‍दै उजाड़-स्‍थानतिरबाट आउने को छ? स्‍याउको रूखमुनि मैले तपाईंलाई उत्तेजित पारें, त्‍यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरिन्, त्‍यहीँ तपाईंलाई जन्‍म दिन तिनलाई सुत्‍केरी बेथा लागेको थियो।

योएल 1 : 12
12 दाखको बोट ओइलायो, नेभाराको बोट सुक्‍यो। अनार, खजूर र स्‍याउको बोट, अर्थात्‌ खेतका सबै रूखहरू ओइलाएका छन्‌। निश्‍चय नै मानिस-जातिका सन्‍तानको आनन्‍द सुकिगएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *