एन्टेडिलुभियनहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एन्टेडिलुभियनहरू

उत्‍पत्ति 4 : 4
4 तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो,

उत्‍पत्ति 4 : 26
26 शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।

उत्‍पत्ति 4 : 3
3 केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए।

उत्‍पत्ति 4 : 22
22 सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।

उत्‍पत्ति 4 : 3
3 केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए।

उत्‍पत्ति 4 : 22
22 सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।

उत्‍पत्ति 6 : 22
22 परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।

हिब्रू 11 : 7
7 विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।

१ पत्रुस 3 : 20
20 ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्‍यस जहाजमा थोरै, अर्थात्‌ आठ जना मात्र पानीद्वारा बचाइए।

२ पत्रुस 2 : 5
5 उहाँले प्राचीन संसारलाई बाँकी राख्‍नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्‍नुभयो।

उत्‍पत्ति 6 : 7
7 त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्‍तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”

उत्‍पत्ति 7 : 1
1 तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्‍तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु।

उत्‍पत्ति 7 : 23
23 अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्‍तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्‍वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।

अय्‍यूब 22 : 17
17 ती मानिसहरूले परमेश्‍वरलाई भने, ‘हामीलाई छोड़िदिनुहोस्, सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्‍छ र?’

मत्ती 24 : 39
39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।

लूका 17 : 27
27 नोआ जहाजभित्र प्रवेश नहोउञ्‍जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्‍ट पार्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *