यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एडीएचडी
रोमी 7 : 15 – 25
15 म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु।
16 गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु।
17 यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।
18 किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ।
19 किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु।
20 अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।
21 यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु।
22 किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु,
23 तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ।
24 हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?
25 येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै— परमेश्वरलाई धन्यवाद होस्। त्यसैले म स्वयम् आफ्नो मनले त परमेश्वरका व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापका व्यवस्थाको सेवा गर्दछु।
भजनसंग्रह 42 : 8 – 11
8 परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्छ, र राती उहाँको भजन मसित हुन्छ, जो मेरो जीवनका परमेश्वरलाई प्रार्थना हो।
9 मेरा परमेश्वर मेरो चट्टानलाई म भन्छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?”
10 मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्ला गर्दै लगातार मलाई भन्छन्, “खोइ त तेरा परमेश्वर?”
11 हे मेरो प्राण, तँ किन उदास हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
रोमी 8 : 26 – 27
26 त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।
27 र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ।
रोमी 8 : 33 – 39
33 परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने,
34 दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ।
35 कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले?
36 यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।
38 किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।
Leave a Reply