एक स्वस्थ विवाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक स्वस्थ विवाह

कलस्सी 3 : 18
18 पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस।

१ कोरिन्थी 7 : 10 – 11
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

उत्‍पत्ति 3 : 16
16 स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”

एफिसी 5 : 22 – 23
22 पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।
23 किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ।

उत्‍पत्ति 2 : 24
24 यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।

लूका 16 : 18
18 “जसले आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, र श्रीमान्‌बाट त्‍यागिएकी स्‍त्रीलाई विवाह गर्ने मानिसले पनि व्‍यभिचार गर्दछ।

१ कोरिन्थी 7 : 32 – 34
32 तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
33 तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
34 यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।

प्रस्‍थान 20 : 14
14 “व्‍यभिचार नगर्नू।

एफिसी 5 : 21
21 ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।

रोमी 2 : 6 – 8
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।

एफिसी 5 : 31 – 32
31 “यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”
32 यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।

१ पत्रुस 3 : 1 – 6
1 पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्‍ना पतिका अधीनमा बस्‍थे।
6 साराले जस्‍तै, जसले अब्राहामलाई स्‍वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्‍यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।

हितोपदेश 31 : 10 – 31
10 उच्‍च चरित्र भएकी पत्‍नी कसले पाउन सक्‍छ? तिनी मानिकभन्‍दा पनि अति नै बढ़ी मूल्‍यकी हुन्‍छिन्‌।
11 तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन।
12 तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।
13 तिनले ऊन र सनपाट चुनेर आफ्‍ना हातहरूले उत्‍सुकतासाथ काम गर्छिन्‌।
14 व्‍यापारी जहाजहरूले जस्‍तै तिनले टाढ़ाबाट भोजन ल्‍याउँछिन्‌।
15 तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्, र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।
16 खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्‍छिन्, र आफ्‍नो कमाइले तिनी दाखबारी लाउँछिन्‌।
17 तिनले आफ्‍नो काम फूर्तिसँग गर्छिन्, आफ्‍नो कामको लागि तिनका पाखुराहरू बलिया छन्‌।
18 तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्, र तिनको बत्ती राती निभ्‍दैन।
19 तिनले आफ्‍नो हातमा चर्खाको डन्‍डा लिन्‍छिन्, र आफ्‍नै औँलाले पिउरी पक्रन्‍छिन्‌।
20 तिनले गरीबहरूलाई आफ्‍नो मुट्ठी खोल्‍छिन्, र आफ्‍नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्‌।
21 हिउँ पर्दा आफ्‍नो परिवारको निम्‍ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्‍दूरे रङ्गको वस्‍त्र पहिरेका हुन्‍छन्‌।
22 तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌।
23 तिनका पति सहरको मूल ढोकामा सम्‍मानित हुन्‍छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्‍छन्‌।
24 तिनले सूती कपड़ाका वस्‍त्रहरू बनाउँछिन्‌ र ती बिक्री गर्छिन्, र व्‍यापारीहरूलाई पटुकाहरू उपलब्‍ध गर्छिन्‌।
25 तिनी सामर्थ्‍य र प्रतिष्‍ठाले सुशोभित हुन्‍छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्‍न सक्‍छिन्‌।
26 तिनी बुद्धिसँग बोल्‍छिन्, र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ।
27 तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्‍यको रोटी खाँदिनन्‌।
28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌:
29 “धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”
30 सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।
31 तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

१ कोरिन्थी 7 : 3
3 पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

२ थेसलोनिकी 2 : 14 – 15
14 यसैको निम्‍ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।
15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।

१ कोरिन्थी 11 : 1 – 2
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।

यूहन्‍ना 20 : 19 – 23
19 त्‍यही दिन, अर्थात्‌ हप्‍ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्‍द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!”
20 यति भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए।
21 तब येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति! जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई पठाउँदछु।”
22 अनि यति भनेर उहाँले तिनीहरूमाथि श्‍वास फुकेर भन्‍नुभयो, “पवित्र आत्‍मा लेओ।
23 जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्‍छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *