यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक मानिस हुनु
भजनसंग्रह 1 : 1 – 6
1 धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।
3 त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।
4 दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्।
5 यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ।
१ कोरिन्थी 16 : 13 – 14
13 सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।
14 जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।
तीतस 2 : 7
7 सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता,
भजनसंग्रह 119 : 9 – 16
9 जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।
10 म आफ्नो सम्पूर्ण हृदयले तपाईंलाई खोज्छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्।
11 तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्।
13 मैले मेरा ओठले तपाईंको मुखबाट निस्केका सबै नियमहरूको वर्णन गरेको छु।
14 धेरै धन-सम्पत्तिमा आनन्दित हुने मानिसजस्तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्छु।
15 तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्यान दिनेछु।
16 म तपाईंका विधिहरूमा आनन्द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।
यहोशू 1 : 9
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
१ तिमोथी 6 : 11
11 तर परमेश्वरका जन तिमीले यी सबै त्याग, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
हितोपदेश 27 : 17
17 फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।
एफिसी 5 : 22 – 25
22 पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ।
24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
याकूब 5 : 12
12 मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।
१ कोरिन्थी 13 : 11
11 जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
१ तिमोथी 4 : 12
12 जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
हितोपदेश 22 : 29
29 आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।
फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
भजनसंग्रह 112 : 1 – 10
1 परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो, जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ।
2 त्यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष् पाउनेछ।
3 त्यसको घरमा धन-सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदा रहिरहन्छ।
4 सोझा मानिसहरूका निम्ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्ति अन्धकारमा पनि ज्योति उदय हुन्छ।
5 उदार-चित्तले ऋण दिने, र ईमानदारीसाथ आफ्नो कारोबार चलाउने मान्छेको भलो हुन्छ।
6 धर्मी जन कहिले पनि डगमगाउँदैन, त्यसको सम्झना सदासर्वदा रहनेछ।
7 अशुभ समाचारले त्यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ।
8 त्यसको हृदय सुरक्षित रहन्छ, र त्यो डराउनेछैन। अन्त्यमा त्यसले आफ्ना शत्रुहरूलाई विजयमा हेर्नेछ।
9 त्यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ, त्यसको धार्मिकता सधैँभरि दिगो रहन्छ, सम्मानपूर्वक त्यसको शिर उच्च राखिनेछ।
10 दुष्ट मानिस यो देखेर कुँड़िन्छ, त्यसले दाह्रा किट्नेछ, अनि नष्ट हुनेछ। दुष्ट मानिसको अभिलाषा निष्फल हुन्छ।
व्यवस्था 31 : 6
6 बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ।”
यूहन्ना 3 : 16 – 17
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
17 किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।
उत्पत्ति 1 : 26
26 अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
Leave a Reply