यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक प्रकाश हुनु
मत्ती 5 : 14 – 16
14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
16 यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
यूहन्ना 8 : 12
12 येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
मत्ती 5 : 16
16 यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
१ पत्रुस 2 : 9
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
लूका 8 : 16
16 “कसैले बत्ती बालेर भाँड़ाले छोप्दैन, कि खाटमुनि राख्दैन, तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्तछ।
मत्ती 5 : 14
14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
प्रेरित 13 : 47
47 किनकि प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन मैले तिमीलाई अन्यजातिहरूका निम्ति ज्योति हुन नियुक्त गरेको छु’।”
हितोपदेश 6 : 23
23 किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्योति हुन्, र अनुशासनको लागि गरिने हप्काइहरू जीवनका मार्ग हुन्,
१ यूहन्ना 1 : 5
5 जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।
लूका 6 : 40
40 चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरुजस्तै हुनेछ।
कलस्सी 3 : 17
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
एफिसी 5 : 8
8 किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर,
Leave a Reply