एक ऋण कोसाइन गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक ऋण कोसाइन गर्दै

हितोपदेश 17 : 18
18 समझ नभएको मानिस वाचाबन्‍धन गर्छ, र आफ्‍नो छिमेकीको जमानी बस्‍छ।

हितोपदेश 6 : 1 – 35
1 हे मेरो छोरा, यदि तँ आफ्‍नो छिमेकीको जमानी बसेको छस्‌ वा कसैसँग करार बाँधेको छस्‌ भने,
2 यदि आफ्‍नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्‍नै मुखको वचनले पासोमा परिस्‌ भने,
3 तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्‍तो गर्, किनकि तँ आफ्‍नो छिमेकीको पन्‍जामा परेको छस्‌: आफूलाई नम्र तुल्‍याएर झट्टै जा, र छिमेकीसँग खुरन्‍धार बिन्‍ती गर्‌!
4 आँखामा निद्रा पर्न नदे, र पटल बन्‍द हुन नदे।
5 शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌।
6 ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌!
7 त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
8 तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।
9 ए अल्‍छे, तँ कहिलेसम्‍म सुतिरहन्‍छस्‌? तँ कहिले आफ्‍नो निद्राबाट जाग्‍छस्‌?
10 क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले
11 दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।
12 बदमाश र दुष्‍ट मानिस त्‍यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्‌छ,
13 जसले आँखा झिम्‍क्‍याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ।
14 आफ्‍नो छली हृदयमा त्‍यसले दुष्‍ट कुरा रच्‍दछ। त्‍यसले सधैँ विवाद उत्‍पन्‍न गराउँछ।
15 त्‍यसैले त्‍यसमाथि अचानक विपत्ति आइलाग्‍नेछ, उपायविना नै त्‍यो एक्‍कासि नष्‍ट हुनेछ।
16 छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌:
17 अहङ्कारी आँखा, झूट बोल्‍ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
18 दुष्‍ट योजनाहरू रच्‍ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,
19 असत्‍य बोल्‍ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।
20 हे मेरो छोरो, आफ्‍ना पिताका आज्ञाहरू पालन गर्, र आफ्‍नी आमाको अर्तीलाई नत्‍याग्‌।
21 ती तेरो हृदयमा सधैँ राख्, तिनलाई तेरो घाँटीमा बाँधिराख्‌।
22 तँ हिँड्‌दा तिनले तेरो अगुवाइ गर्नेछन्, तँ सुतेको बेला तिनले तेरो हेरचाह गर्नेछन्, तँ जागा छँदा तिनी तँसित बातचीत गर्नेछन्‌।
23 किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्‍योति हुन्, र अनुशासनको लागि गरिने हप्‍काइहरू जीवनका मार्ग हुन्,
24 जसले तँलाई अनैतिक स्‍त्री, र लोभ्‍याउने कुरा गर्ने स्‍वेच्‍छाचारी पत्‍नीबाट जोगाउनेछन्‌।
25 तेरो मनमा त्‍यसको सुन्‍दरताको कारण कुइच्‍छा नगर्, अथवा त्‍यसको आँखाले तँलाई नफसाओस्‌।
26 किनकि वेश्‍याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्‍यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्‍याउनेछे।
27 आफ्‍नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्‍नो काखमा आगो राख्‍न सक्‍छ?
28 जलिरहेका भुङ्‌ग्रामा कुनै मानिस हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र?
29 अर्काकी पत्‍नीसित सुत्‍ने त्‍यस्‍तै नै हुन्‍छ, तिनलाई छुने कुनै पनि मानिस दण्‍ड नपाई उम्‍कनेछैन।
30 साह्रै भोक लागेको मानिसले आफ्‍नो भोक मार्न चोरी गर्‍यो भने, मानिसहरूले त्‍यसलाई घृणा गर्दैनन्‌।
31 तापनि त्‍यो पक्राउ पर्‍यो भने त्‍यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्‍छ, शायद त्‍यसले आफ्‍नो घरको सारा सम्‍पत्तिसम्‍म दिनुपर्नेछ।
32 तर व्‍यभिचार गर्ने मानिस विनासमझको हुन्‍छ, यस्‍तो काम गर्नेले आफूमाथि बरबादी ल्‍याउँछ।
33 त्‍यसले मुक्‍का र बेइज्‍जत पाउनेछ, र त्‍यसको अपमान कहिल्‍यै मेटिनेछैन,
34 किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्‍यसले बदला लिन्‍छ।
35 त्‍यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्‍यसलाई मनाउन सकिँदैन।

हितोपदेश 22 : 26 – 27
26 बन्‍धकमा आफ्‍नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्‌।
27 यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।

हितोपदेश 11 : 15
15 अरूहरूको जमानी बस्‍नेले निश्‍चय नै नोक्‍सानी भोग्‍नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्‍न इन्‍कार गर्ने व्‍यक्ति सुरक्षित रहनेछ।

हितोपदेश 22 : 7
7 धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ।

उपदेशक 5 : 5
5 भाकल गरेर पनि पूरा नगर्नुभन्‍दा त भाकल नगरेको अझ असल हो।

हितोपदेश 6 : 1 – 5
1 हे मेरो छोरा, यदि तँ आफ्‍नो छिमेकीको जमानी बसेको छस्‌ वा कसैसँग करार बाँधेको छस्‌ भने,
2 यदि आफ्‍नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्‍नै मुखको वचनले पासोमा परिस्‌ भने,
3 तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्‍तो गर्, किनकि तँ आफ्‍नो छिमेकीको पन्‍जामा परेको छस्‌: आफूलाई नम्र तुल्‍याएर झट्टै जा, र छिमेकीसँग खुरन्‍धार बिन्‍ती गर्‌!
4 आँखामा निद्रा पर्न नदे, र पटल बन्‍द हुन नदे।
5 शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌।

रोमी 13 : 8
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।

भजनसंग्रह 37 : 21
21 दुष्‍टहरूले ऋण लिन्‍छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *