एक अर्कालाई माया गर्नुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक अर्कालाई माया गर्नुहोस्

यूहन्‍ना 13 : 34
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर।

१ यूहन्‍ना 4 : 20
20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।

यूहन्‍ना 13 : 34 – 35
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर।
35 यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”

१ पत्रुस 4 : 8
8 सबैभन्‍दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्‌। किनकि प्रेमले नै असंख्‍य पापहरू ढाक्‍तछ।

रोमी 12 : 10
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।

१ यूहन्‍ना 4 : 7 – 10
7 प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ।
8 प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ।
9 परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं।
10 प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।

लूका 6 : 31
31 जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर।

१ यूहन्‍ना 4 : 11
11 प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ।

१ यूहन्‍ना 3 : 18
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।

१ यूहन्‍ना 3 : 17
17 कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ?

रोमी 13 : 8
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।

व्यवस्था 6 : 5
5 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर।

यूहन्‍ना 15 : 13
13 आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन।

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

गलाती 5 : 13
13 भाइ हो, तिमीहरू त स्‍वतन्‍त्रताको निम्‍ति बोलाइएका हौ। केवल त्‍यस स्‍वतन्‍त्रतालाई पापमय स्‍वभावको निम्‍ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।

लूका 6 : 35
35 तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्‍चका सन्‍तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्‍वार्थीमाथि कृपालु हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *