एक अर्कालाई जवाफदेही बनाउँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक अर्कालाई जवाफदेही बनाउँदै

हितोपदेश 27 : 17
17 फलामले फलामलाई उध्‍याएजस्‍तै एउटाले अर्को मानिसलाई उध्‍याउँछ।

गलाती 6 : 1 – 2
1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्‍मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्‍नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।

मत्ती 18 : 15 – 17
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।
16 तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।
17 यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

उपदेशक 4 : 9 – 12
9 एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌।
10 यदि एउटा लोट्‌यो भने त्‍यसको मित्रले त्‍यसलाई उठाउन सहायता गर्छ। तर लोट्‌दा पनि उठाउने कोही साथी नहुने बिचरा!
11 त्‍यस्‍तै यदि दुई जना सँगै सुते भने ती न्‍याना हुन्‍छन्, तर एकलै त कसरी न्‍यानो हुने?
12 एक जनालाई कसैले जित्‍ला, तर दुई जनाले त आफ्‍ना सुरक्षा गर्न सक्‍छन्‌। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।

याकूब 5 : 19 – 20
19 मेरा भाइ हो, यदि तिमीहरूमध्‍ये कोही सत्‍यबाट बरालिएर जाँदा कसैले त्‍यसलाई फर्काएर ल्‍यायो भने,
20 त्‍यसले जानोस्‌ कि जसले एक जना पापीलाई त्‍यसको कुमार्गबाट फर्काएर ल्‍याउँछ, त्‍यसलाई मृत्‍युबाट बचाउनेछ, र असंख्‍य पापलाई ढाक्‍नेछ।

हिब्रू 10 : 25
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

एफिसी 4 : 25
25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।

कलस्सी 3 : 16
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

गलाती 6 : 2
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर।

एफिसी 4 : 32
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

एफिसी 4 : 1 – 32
1 यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्‍यही योग्‍यको जीवन यापन गर।
2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
3 शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।
4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।
7 तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
8 यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9 (अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो।
10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।)
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,
13 जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।
15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।
16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
17 अब म यो जोड दिएर प्रभुमा भन्‍दछु र प्रभुमा गवाही दिँदछु, कि अन्‍यजातिहरू जसरी तिनीहरूका विचारको व्‍यर्थतामा जिउँदछन्‌ त्‍यसरी तिमीहरू अबदेखि उसो नजिओ।
18 तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।
20 तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।
25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌।
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।
30 अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

हिब्रू 3 : 12 – 13
12 भाइ हो, होश गर, तिमीहरूमध्‍ये कसैमा भएको दुष्‍ट र अविश्‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍वरबाट टाढ़ा नलैजाओस्‌।
13 जबसम्‍म “आजको दिन” भन्‍ने कुरा छ, तबसम्‍म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्‌।

१ कोरिन्थी 6 : 1 – 8
1 तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्‍यायको निम्‍ति सन्‍तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्‍यसले आँट गर्छ?
2 सन्‍तहरूले संसारको न्‍याय गर्छन्‌ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्‍याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्‍दा साना मुद्दाहरू छिन्‍न के तिमीहरू अयोग्‍य छौ?
3 के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र?
4 यस्‍ता झगड़ाहरू तिमीहरूमा छन्‌ भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्‍तछौ, जुन मानिसहरूलाई मण्‍डलीले केही मोलका ठान्‍दैनन्‌?
5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्‍दछु। आफ्‍ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्‍ने बुद्धिमान्‌ मानिस के साँच्‍चै तिमीहरूमा कोही पाइँदैन र?
6 तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्‍छ, त्‍यो पनि अविश्‍वासीहरूका सामुन्‍ने!
7 तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्‌नुनै तिमीहरूको हार हो। बरु अन्‍याय किन नसहनु? बरु किन ठगिएर नै नबस्‍नु?
8 तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई!

इजकिएल 33 : 7
7 “हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्‍याएको छु। यसैले मैले भनेको कुरा सुन्, र तिनीहरूलाई मबाट चेताउनी दे।

१ कोरिन्थी 6 : 1 – 20
1 तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्‍यायको निम्‍ति सन्‍तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्‍यसले आँट गर्छ?
2 सन्‍तहरूले संसारको न्‍याय गर्छन्‌ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्‍याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्‍दा साना मुद्दाहरू छिन्‍न के तिमीहरू अयोग्‍य छौ?
3 के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र?
4 यस्‍ता झगड़ाहरू तिमीहरूमा छन्‌ भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्‍तछौ, जुन मानिसहरूलाई मण्‍डलीले केही मोलका ठान्‍दैनन्‌?
5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्‍दछु। आफ्‍ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्‍ने बुद्धिमान्‌ मानिस के साँच्‍चै तिमीहरूमा कोही पाइँदैन र?
6 तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्‍छ, त्‍यो पनि अविश्‍वासीहरूका सामुन्‍ने!
7 तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्‌नुनै तिमीहरूको हार हो। बरु अन्‍याय किन नसहनु? बरु किन ठगिएर नै नबस्‍नु?
8 तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई!
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।
11 तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।
12 “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।
13 “भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।
14 परमेश्‍वरले आफ्‍नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।
15 तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ? यो कदापि नहोस्‌!
16 वेश्‍यासँग जोडिने मानिस शरीरमा त्‍यससँग एक हुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्‍तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्‌।”
17 तर जो प्रभुसँग एक हुन्‍छ, त्‍यो उहाँसँग आत्‍मामा एउटै हुनेछ।
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

१ कोरिन्थी 5 : 1 – 13
1 तिमीहरूका बीचमा व्‍यभिचार छ भन्‍ने कुरा पक्‍का गरी सुनिएको छ, यस्‍तो व्‍यभिचार जो अन्‍यजातिहरूमा पनि हुँदैन। तिमीहरूमध्‍ये कुनै एक जनाले आफ्‍नै बुबाकी पत्नी राखेको छ भन्‍ने सुनेको छु।
2 तिमीहरूचाहिँ घमण्‍ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्‍तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ।
3 म शरीरमा उपस्‍थित नभए पनि आत्‍मामा तिमीहरूसँग छु। म उपस्‍थित भएझैँ गरी यस्‍तो काम गर्नेको न्‍याय मैले गरिसकेको छु।
4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्‍छौ र म आत्‍मामा तिमीहरूसँग उपस्‍थित हुन्‍छु, अनि हाम्रा प्रभु येशूको शक्तिमा,
5 त्‍यस मानिसलाई शैतानकहाँ सुम्‍पिदेओ, ताकि त्‍यसको पापमय स्‍वभाव नाश होस्, अनि प्रभुको दिनमा त्‍यसको आत्‍माचाहिँ बाँचोस्‌।
6 तिमीहरूको घमण्‍ड ठीक होइन। अलिकता खमिरले जम्‍मै ढिकालाई खमिरा बनाइहाल्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन?
7 नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।
8 यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।
9 मैले मेरो पत्रमा तिमीहरूलाई व्‍यभिचारीहरूको सङ्गत नगर्नू भनेर लेखेको थिएँ।
10 त्‍यसको अर्थ, यस संसारका व्‍यभिचारीहरू, लोभीहरू, वा लुटाहाहरू, वा मूर्तिपूजकहरूसँग बिलकुलै सङ्गत नगर्नू भनेको होइन, नत्रता तिमीहरू संसारबाट नै निस्‍किजानुपर्थ्‍यो।
11 तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।
12 किनकि बाहिरकाहरूको इन्‍साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्‍डली भित्रकाहरूको न्‍याय गर्नुपर्दैन र?
13 बाहिरकाहरूको न्‍याय परमेश्‍वरले नै गर्नुहुन्‍छ। “तिमीहरूले आफ्‍नो बीचबाट दुष्‍ट मानिसलाई निकालिदेओ।”

रोमी 14 : 10
10 तिमी किन आफ्‍नो भाइको इन्‍साफ गर्छौ? अथवा तिमी आफ्‍नो भाइलाई किन तुच्‍छ ठान्‍छौ? किनभने हामी सबै परमेश्‍वरका न्‍याय-आसनको सामने खड़ा हुनेछौं।

मत्ती 18 : 35
35 “तिमीहरूले आफ्‍नो भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *