एक्लो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक्लो

हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”

फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

हिब्रू 13 : 6
6 यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”

उत्‍पत्ति 2 : 18
18 फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

याकूब 1 : 6
6 तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

लूका 21 : 1 – 4
1 उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्‍ना भेटी मन्‍दिरको दानपात्रमा राखेका देख्‍नुभयो।
2 उहाँले एउटी गरीब विधवालाई त्‍यहाँ दुई पैसा चढ़ाएकी पनि देख्‍नुभयो।
3 तब उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यस गरीब विधवाले अरू सबैले भन्‍दा बढ़ी चढ़ाएकी छे।
4 किनकि यिनीहरू सबैले आफ्‍ना प्रशस्‍तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्‍नो दरिद्रताबाट आफ्‍नो सारा जीविका नै दिई।”

हितोपदेश 20 : 22
22 यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।

यशैया 58 : 10 – 11
10 अनि सम्‍पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्‍ति दियौ, र अत्‍याचारमा परेकाहरूको आवश्‍यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्‍योति अँध्‍यारोमा चम्‍कनेछ र तिमीहरूको रात मध्‍यदिनजस्‍तै हुनेछ।
11 परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

रोमी 14 : 1
1 विश्‍वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।

मत्ती 5 : 43 – 48
43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,
45 र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ।
46 किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
47 तिमीहरूले आफ्‍ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्‍दा बढ़ी के गर्‍यौ र? के अन्‍यजातिहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
48 यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

फिलिप्पी 4 : 19
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *