एकेश्वरवाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एकेश्वरवाद

उत्‍पत्ति 1 : 1
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।

व्यवस्था 4 : 35
35 परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्‌।

यशैया 44 : 6
6 “इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: पहिलो र पछिल्‍लो म नै हुँ। मबाहेक अरू परमेश्‍वर छैन।

यशैया 43 : 10
10 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्‍न र विश्‍वास गर्न सक, अनि म उही हुँ भनी बुझ्‍न सक। मभन्‍दा अघि कोही ईश्‍वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ।

व्यवस्था 6 : 4
4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।

यशैया 45 : 5
5 म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्‍वर छैन। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,

मर्कूस 12 : 29
29 येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।

प्रस्‍थान 20 : 3
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।

प्रस्‍थान 4 : 22
22 तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ: इस्राएल मेरो जेठो छोरो हो।

उत्‍पत्ति 1 : 1 – 4
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।
2 पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।
3 अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।
4 र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।

उत्‍पत्ति 1 : 1 – 31
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।
2 पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।
3 अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।
4 र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।
5 परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।
6 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”
7 परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।
8 परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन।
9 अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
10 परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
11 अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
12 भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
13 साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन।
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।
15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
19 साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।
20 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
22 अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”
23 अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन।
24 अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।
25 परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29 अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।
31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।

हितोपदेश 8 : 22 – 31
22 “परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै।
23 अनन्‍तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्‍दा पहिले, संसार सुरु हुनुभन्‍दा पनि पहिले नै।
24 महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै।
25 पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो।
26 उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ।
27 उहाँले आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ।
28 उहाँले बादललाई आकाशमा स्‍थापित गर्नुहुँदा, र महासागरका मूलहरूलाई तिनीहरूका स्‍थानमा दृढ़सँग बसाल्‍नुहुँदा,
29 उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्‍दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्‍वीका जगहरू बसाल्‍नुहुँदा,
30 म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्‍थें, उहाँको उपस्‍थितिमा निरन्‍तर आनन्‍दित भइरहन्‍थें।
31 उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्‍दित हुँदै म मानव जातिमा प्रसन्‍न रहन्‍थें।

यशैया 41 : 4
4 प्रारम्‍भदेखि पुस्‍ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो? के म नै होइन र? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्‍लोसित रहने म उही नै हुँ।”

भजनसंग्रह 86 : 8
8 हे परमप्रभु, देवहरूमा तपाईं समान अरू कोही छैनन्‌, तपाईंका कार्यहरूजस्‍ता अरू कसैको छैनन्‌।

उत्‍पत्ति 1 : 26
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

एफिसी 4 : 6
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *