एकान्त

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एकान्त

मत्ती 6 : 6
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

लूका 5 : 15 – 16
15 तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्‍न र आफ्‍ना-आफ्‍ना रोगहरूबाट निको हुन जम्‍मा हुन्‍थे।
16 तर येशूचाहिँ निर्जन स्‍थानहरूमा गएर प्रार्थना गर्नुहुन्‍थ्‍यो।

लूका 6 : 12
12 ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्‍वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो।

मर्कूस 6 : 31
31 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्‍त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्‍यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्‍म पनि फुर्सद थिएन।

मत्ती 6 : 1 – 34
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाओ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।
4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌।
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
7 र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।
8 यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।
9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।
10 तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
16 “जब तिमीहरू उपवास बस्‍तछौ, तब ढोंगीहरूजस्‍ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्‍ना मोहड़ा अँध्‍यारा पार्छन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
17 तर तिमीचाहिँ उपवास बस्‍दा आफ्‍नो शिरमा तेल लगाऊ, र आफ्‍नो मुख धोऊ।
18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्‍तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
19 “आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌।
20 तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।
21 किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।
22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ।
23 तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!
24 “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ।
25 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?
27 तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?
28 “अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।
29 तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।
34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

भजनसंग्रह 68 : 6
6 एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌।

मत्ती 14 : 23
23 भीड़लाई बिदा गरिसक्‍नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्‍लनुभयो। साँझ पर्दा उहाँ एकलै त्‍यहाँ हुनुहुन्‍थ्‍यो।

१ राजाहरू 19 : 4 – 21
4 र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्‍यसमुनि बसेर आफ्‍नो मृत्‍युको निम्‍ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्‍दा असल छैनँ!”
5 तब तिनी त्‍यही झाड़ीमुनि ढल्‍के र भुसुक्‍कै निदाए। तब झट्टै एउटा स्‍वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।”
6 तिनले यताउता हेरे, र आफ्‍नो टाउकोनेर ताता भुङ्‌ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्‍के।
7 परमप्रभुका स्‍वर्गदूत फेरि आएर दोस्रो पल्‍ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।”
8 यसैले तिनी उठेर खानपान गरे। त्‍यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्‍वरको पर्वत होरेबमा पुगे।
9 तिनी त्‍यहाँ एउटा ओड़ारभित्र पसे र त्‍यहीँ रात बिताए। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो, “हे एलिया, तँ यहाँ के गर्दैछस्‌?”
10 तिनले भने, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।”
11 परमप्रभुले भन्‍नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्‍थितिमा खड़ा हो, किनकि परमप्रभु त्‍यहाँबाट जान लाग्‍नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्‍ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो।
12 भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्‍नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो।
13 जब एलियाले त्‍यो सुने तब तिनले आफ्‍नो खास्‍टोले मुख छोपे, र बाहिर गएर ओड़ारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्‍यो, “एलिया, तँ यहाँ के गर्दैछस्‌?”
14 तिनले जवाफ दिए, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्र बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।”
15 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ जुन बाटो आएको छस्, त्‍यही बाटो फर्किगएर दमस्‍कसको मरुभूमिमा जा। जब तँ त्‍यहाँ पुग्‍छस्‌ तब हजाएललाई अरामको राजा अभिषेक गर्‌।
16 तब निम्‍शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्‌।
17 हजाएलको तरवारबाट उम्‍कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्‍कनेलाई एलीशाले मार्नेछ।
18 तापनि सात हजार जनालाई म इस्राएलमा बचाइराख्‍छु— ती सबै जसले बालको सामुन्‍ने आफ्‍ना घुँड़ा टेकेका छैनन्‌ र जसका ओठले त्‍यसलाई चुम्‍बन गरेका छैनन्‌।”
19 यसैले एलिया त्‍यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्‍ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्‍नो खास्‍टो तिनीमाथि ओढ़ाइदिए।
20 तब एलीशाले आफ्‍ना गोरुहरू छोड़ेर एलियाको पछिपछि दगुरे, र भने, “कृपा गरी मलाई आफ्‍ना बुबा र आमालाई चुम्‍बन गरेर बिदा हुन दिनुहोस्‌। त्‍यसपछि म तपाईंको पछि लाग्‍नेछु।” एलियाले जवाफ दिए, “जाऊ न, मैले तिमीलाई के गरेको छु र?”
21 तब एलीशाले एलियालाई छोड़ेर गए। तिनले आफ्‍नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए, र तिनीहरूले खाए। त्‍यसपछि तिनी एलियाको पछि लागे, र तिनका चाकर भए।

गलाती 1 : 15 – 17
15 तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई,
16 जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,
17 न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *