एकाधिकार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एकाधिकार

यशैया 5 : 8
8 धिक्‍कार तिमीहरूलाई, जसले केही जग्‍गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्‌छौ र तिमीहरू देशको बीचमा एकलै बस्‍छौ।

मीका 2 : 2
2 तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्‍छन्, र घरहरूको लोभ गरेर ती कब्‍जा गर्छन्‌। तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्‍छन्‌।

उत्‍पत्ति 47 : 26
26 यसैले मिश्र देशमा जग्‍गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्‍म प्रचलित छ, कि उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ। पूजाहारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन।

हितोपदेश 11 : 26
26 अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *