यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उल्लू
लेवीहरू 11 : 17
17 सानो लाटोकोसेरो, जल कौवा, भुल्का,
व्यवस्था 14 : 16
16 सानो लाटोकोसेरो, भुल्का, सेतो लाटोकोसेरो,
लेवीहरू 11 : 16
16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुन्द्री चरो, सबै थरीका बाज,
व्यवस्था 14 : 15
15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज,
अय्यूब 30 : 29
29 स्यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन्।
यशैया 13 : 21
21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्। तिनका घरहरू स्यालहरूले भरिनेछन्। लाटोकोसेराहरू त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्।
यशैया 34 : 11
11 तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्यो वासस्थान हुनेछ, भुल्का र कागहरूले त्यसमा गुँड़ बनाउनेछन्। परमेश्वरले एदोममाथि खैलाबैलाको नाप्ने डोरी र शून्यताको साहुल तान्नुहुनेछ।
यशैया 34 : 13
13 त्यसका किल्लाका बुर्जाहरूमा काँढ़ा, र त्यसका किल्लाहरूमा सिस्नु र सिउँड़ीहरू उम्रनेछन्। त्यो स्यालहरूको बस्ने अखड़ा र लाटोकोसेराहरूको घर हुनेछ।
यशैया 43 : 20
20 जङ्गली जनावरहरू, स्यालहरू र लाटोकोसेराहरूले मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्छु,
यर्मिया 50 : 39
39 “यसैले त्यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्यसमा वास गर्नेछन्। त्यसमा अब फेरि कहिल्यै कोही वास गर्नेछैन। पुस्ता-पुस्तासम्म त्यसमा कोही वस्नेछैन।”
मीका 1 : 8
8 यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।
Leave a Reply