उभिएको

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उभिएको

भजनसंग्रह 1 : 1
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।

२ तिमोथी 3 : 12
12 ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,

याकूब 5 : 11
11 हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्‍यका भन्‍छौं। तिमीहरूले अय्‍यूबको स्‍थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्‍तो करुणामय र कृपालु हुनुहुन्‍छ।

इजकिएल 2 : 1
1 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, खड़ा हो, र म तँसित कुरा गर्नेछु।”

हिब्रू 11 : 1 – 40
1 अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।
2 किनकि यसै विश्‍वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभयो।
3 विश्‍वासद्वारा हामी बुझ्‍दछौं कि सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्‍य छ त्‍यो अदृश्‍य कुराबाट बन्‍यो।
4 विश्‍वासद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्‍दा अझ ग्रहणयोग्‍य बलि चढ़ाए, र त्‍यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्‍वीकार गरेर परमेश्‍वरले आफ्‍नो सम्‍मति जनाउनुभयो। तिनी मरे तापनि विश्‍वासद्वारा नै तिनी अझै बोलिरहेका छन्‌।
5 विश्‍वासद्वारा मृत्‍यु नचाखी हनोक स्‍वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्‍वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्‍दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्‍टि भएको थियो।
6 विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।
7 विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।
8 विश्‍वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्‍यो उनलाई थाहा थिएन।
9 विश्‍वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्‍तै तम्‍बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए।
10 किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ।
11 विश्‍वासैद्वारा साराले पनि आफ्‍नो उमेर ढल्‍किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्‍त गरिन्‌। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्‍वासयोग्‍य ठानेकी थिइन्‌।
12 यसैकारण मरेतुल्‍य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्‍य र समुद्रका किनारका अनगिन्‍ती बालुवाका कण जत्तिकै सन्‍तान उत्‍पन्‍न भए।
13 प्रतिज्ञा गरिएको कुरा प्राप्‍त नगरी यिनीहरू सबै विश्‍वासैमा मरे, तर टाढ़ैबाट त्‍यसलाई देखेर स्‍वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्‍वीमा परदेशी र प्रवासी थिए।
14 यस्‍ता कुरा भन्‍ने मानिसहरूले आफ्‍नो निम्‍ति एउटा देश खोजिरहेका छन्‌ भन्‍ने कुरा प्रष्‍ट हुन्‍छ।
15 जुन देशबाट तिनीहरू निस्‍केर गएका थिए, यदि तिनीहरूले त्‍यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्‍ने थियो।
16 तर तिनीहरू अझ उत्तम देश, अर्थात्‌ एक स्‍वर्गीय देशको इच्‍छा गर्छन्‌। यसैकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर भनी पुकारिनु शर्माउनुहुन्‍न, किनभने उहाँले तिनीहरूका निम्‍ति एउटा सहर तयार पारिदिनुभएको छ।
17 विश्‍वासद्वारा आफ्‍नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्‍नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए।
18 यिनकै विषयमा यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्‍तानको नाउँ रहनेछ।”
19 परमेश्‍वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्न सक्‍नुहुन्‍छ भन्‍ने कुरा अब्राहामले सोचे, र भनौं भने, उनले इसहाकलाई फिर्ता पाए।
20 विश्‍वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्‍यको बारेमा आशीर्वाद दिए।
21 विश्‍वासद्वारा मर्ने बेलामा याकूबले आफ्‍नो लहुरोको टुप्‍पामा घोप्‍टो परेर परमेश्‍वरको आराधना गरे, र योसेफको प्रत्‍येक छोरालाई आशीर्वाद दिए।
22 विश्‍वासद्वारा योसेफले आफ्‍नो जीवनको अन्‍त्‍यतिर इस्राएलीहरूका प्रस्‍थानको विषयमा उल्‍लेख गरे, र उनका अस्‍थिको विषयमा आदेश दिए।
23 मोशा जन्‍मँदा तिनका आमा-बुबाले तिनलाई सुन्‍दर देखे, र विश्‍वासद्वारा तीन महिनासम्‍म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्‌।
24 जवान भएपछि विश्‍वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्‍कार गरे।
25 पापको क्षणिक सुख भोग्‍नुभन्‍दा बरु परमेश्‍वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे।
26 मिश्रदेशको धन-सम्पत्तिभन्‍दा ख्रीष्‍टको निम्‍ति निन्‍दित हुन तिनले मूल्‍यवान्‌ सम्‍पत्ति ठाने। किनभने तिनले आफ्‍नो दृष्‍टि इनामतिर लाएका थिए।
27 राजाको क्रोधसँग नडराएर विश्‍वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्‍य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्‍थिर रहे।
28 ज्‍येष्‍ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन्‌ भनेर तिनले विश्‍वासद्वारा निस्‍तार-चाड़को विधि पालन गरे र रगत छर्के।
29 विश्‍वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्‍न गर्दा डुबेर मरे।
30 सात दिनसम्‍म परिक्रमा गरेपछि विश्‍वासैबाट यरीहोका पर्खालहरू ढले।
31 जासूसहरूलाई राम्रो स्‍वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्‍या नाश भइनन्‌।
32 अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन—
33 जसले विश्‍वासद्वारा राज्‍यहरू कब्‍जा गरे, न्‍याय स्‍थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए,
34 आगोका ज्‍वालाहरू निभाए, तरवारका धारबाट उम्‍के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।
35 स्‍त्रीहरूले आफ्‍ना मरेकाहरूलाई पुनरुत्‍थानद्वारा जीवित पाए। अरूहरूले मृत्‍युपछि अझ उत्तम जीवन प्राप्‍त गर्नलाई छुटकारा इन्‍कार गरेर बरु सास्ती भोगे।
36 अरूहरूले गिल्‍ला, कोर्राबाजी, बन्‍धन र कैद पनि भोग्‍नुपर्‍यो।
37 तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए। तिनीहरू तरवारले मारिए। भेड़ा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्‍लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँड़े।
38 संसार तिनीहरूका निम्‍ति योग्‍यको थिएन। मरुभूमि, पहाड़हरू, गुफाहरू र पृथ्‍वीका ओड़ारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्‌नुपर्‍यो।
39 तिनीहरू सबैले आफ्‍ना विश्‍वासको निम्‍ति ठूलो प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन्‌।
40 परमेश्‍वरले हाम्रा लागि अझ असल योजना राख्‍नुभएको थियो, ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्‍याइऊन्‌।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

गलाती 5 : 22 – 25
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।
24 तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।
25 हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।

प्रेरित 15 : 1 – 41
1 अब कोही मानिसहरूले यहूदियाबाट एन्‍टिओखियामा आएर भाइहरूलाई यस्‍तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्‍नेछैन।”
2 तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्‍यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्‍नको फैसलाको निम्‍ति प्रेरितहरू र एल्‍डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे।
3 मण्‍डलीका सदस्‍यहरूले तिनीहरूलाई त्‍यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्‍यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्‍तार सुनाए। यस खबरले त्‍यहाँका भाइहरू अत्‍यन्‍तै आनन्‍दित भए।
4 जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्‍डली, प्रेरित र एल्‍डरहरूले स्‍वागत गरे। परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्‍यहाँ दिए।
5 तब फरिसी दलका कतिपय विश्‍वास गर्नेहरूले उभिएर भने, “अन्‍यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्‍यवस्‍था पालन गर्ने आज्ञा दिनु आवश्‍यक छ।”
6 यस विषयमा सोच-विचार गर्नलाई प्रेरितहरू र एल्‍डरहरू भेला भए।
7 निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्‍वरले मेरो मुखबाट अन्‍यजातिहरूले सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌ भनी तिमीहरूका बीचबाट मलाई चुन्‍नुभयो।
8 हृदयका कुरा जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्‍तै पवित्र आत्‍मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो।
9 उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्‍नुभएन, तर तिनीहरूका हृदय विश्‍वासद्वारा शुद्ध पार्नुभयो।
10 यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्‍वरको परीक्षा गर्नुहुन्‍छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्‍न सक्‍यौं।
11 तर हामी विश्‍वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्‌।”
12 तब सभामा सबै चूप बसे, अनि अन्‍यजातिहरूका बीचमा परमेश्‍वरले तिनीहरूद्वारा कस्‍ता चिन्‍हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो त्‍यसको बयान बारनाबास र पावलले गरे। उनीहरूले यो बयान सुने।
13 तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्‍नुहोस्,
14 परमेश्‍वरले आफ्‍नै नाउँको निम्‍ति अन्‍यजातिहरूबाट एउटा जाति छान्‍ने कृपा गर्नुभयो भन्‍ने कुरो सिमोनले बताएका छन्‌।
15 यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्‍छन्, जस्‍तो लेखिएको छ,
16 ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्‍केको वासस्‍थान फेरि बनाउनेछु, त्‍यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्‍यसलाई खड़ा गर्नेछु,
17 र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्‍न सकून्, र सबै अन्‍यजातिहरूले पनि, जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्,
18 यो कुरा परमप्रभु भन्‍नुहुन्‍छ, जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ, जो सृष्‍टिको आरम्‍भदेखि जानिएका छन्‌।’
19 “यसकारण मेरो फैसला यो छ, कि परमेश्‍वरतर्फ फर्कने अन्‍यजातिहरूलाई हामी दुःख नदिऔं,
20 तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्‍ग रहून्, व्‍यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्‍ग रहून्‌।
21 किनभने अघिका पुस्‍तादेखि नै सहरैपिच्‍छे मोशाका व्‍यवस्‍थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”
22 तब प्रेरितहरू, एल्‍डरहरू र सम्‍पूर्ण मण्‍डलीले मिलेर आफ्‍ना बीचबाट कतिपय मानिसहरूलाई चुनेर पावल र बारनाबाससँग एन्‍टिओखियामा पठाउन उचित ठाने, र भाइहरूमध्‍ये मुख्‍य मानिसहरू, यहूदा भनिने बारसाबास र सिलासलाई चुने
23 र तिनका साथमा उनीहरूले यो पत्र पठाए: “एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने अन्‍यजाति विश्‍वासी भाइहरूलाई, प्रेरितहरू र एल्‍डरहरूको अभिवादन।
24 हामीले सुनेका छौं, कि हाम्रा बीचका कुनै-कुनैले हाम्रो आदेशविना नै तपाईंहरूका मन अस्‍थिर तुल्‍याएर तपाईंहरूलाई कैयौँ कुराले दुःख दिएका छन्‌।
25 यसकारण हामी सबैले सर्वसम्‍मतिद्वारा गरेको निर्णयअनुसार कतिपय मानिसहरूलाई चुनेर तिनीहरूलाई हाम्रा प्रिय बारनाबास र पावलका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्‍यो।
26 यी मानिसहरू यस्‍ता हुन्, जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको खातिर आफ्‍ना प्राण जोखिममा पारेका छन्‌।
27 यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं। तिनीहरूले पनि सोही कुराहरू मुखैले बताउनेछन्‌।
28 किनभने पवित्र आत्‍मा र हामीहरूलाई यो उचित लाग्‍यो, कि यी आवश्‍यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन।
29 तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्‍यभिचारबाट अलग्‍ग रहनुहोस्‌। यी कुराहरूबाट अलग्‍ग रहनुभयो भने असल हुनेछ। बिदा।”
30 बिदाबारी भएपछि तिनीहरू एन्‍टिओखियामा आए, र समुदायलाई एकसाथ जम्‍मा गरेर सो पत्र दिए।
31 पत्रमा भएका अर्तीका कुरा पढ़ी तिनीहरू खुशी भए।
32 यहूदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए।
33 यिनीहरूले केही दिन त्‍यहाँ बिताएपछि, त्‍यहाँका भाइहरूले यिनीहरूलाई पठाउनेहरूकहाँ शुभेच्‍छासहित बिदा दिई पठाए। [
34 तर सिलासलाई त्‍यहीँ बस्‍न असल लाग्‍यो।]
35 पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्‍टिओखियामा बसे।
36 केही दिनपछि पावलले बारनाबासलाई भने, “आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले प्रचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्‍ता छन्‌ हेरौं।”
37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई तिनीहरूका साथमा लैजाने इच्‍छा गरे।
38 तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्‌।
39 तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए।
40 तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्‍वरको अनुग्रहमा अर्पण भई बिदा भए।
41 मण्‍डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।

१ कोरिन्थी 14 : 1 – 40
1 प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्‍मिक वरदानहरूका निम्‍ति उत्‍कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्‍नका निम्‍ति।
2 किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ। उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ।
3 तर अगमवाणी बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ। तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ।
4 अन्‍य भाषामा बोल्‍नेले आफ्‍नै आत्‍मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्‍नेले मण्‍डलीको आत्‍मिक वृद्धि गराउँछ।
5 तिमीहरू सबै अन्‍य भाषा बोल भन्‍ने म चाहन्‍छु, तर त्‍यसभन्‍दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्‍छु। मण्‍डलीको आत्‍मिक वृद्धिको निम्‍ति कसैले अर्थ खोलिदिएन भने, अन्‍य भाषामा बोल्‍नेभन्‍दा अगमवाणी बोल्‍ने श्रेष्‍ठ हो।
6 भाइ हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्‍दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्‍याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्‍छ?
7 बाँसुरी वा वीणाजस्‍ता निर्जीव बाजाबाट स्‍पष्‍ट ध्‍वनि निस्‍केन भने, कसले भन्‍न सक्‍छ के बजिरहेछ?
8 यदि तुरहीले स्‍पष्‍ट ध्‍वनि दिएन भने युद्धको निम्‍ति को तयार हुने?
9 तिमीहरूसँग पनि यस्‍तै हुन्‍छ। यदि बुझ्‍नै नसकिने शब्‍द तिमीहरू आफ्‍नो जिब्रोले बोल्‍दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्‍ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।
10 संसारमा शायद धेरै किसिमका भाषाहरू छन्‌। ती कुनै पनि अर्थहीन छैनन्‌।
11 यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्‍नेको निम्‍ति म विदेशी हुन्‍छु, र त्‍यो बोल्‍नेचाहिँ मेरो निम्‍ति विदेशी हुनेछ।
12 यसरी नै तिमीहरू पनि पवित्र आत्‍माका वरदानहरूका निम्‍ति उत्‍सुक भएका हुनाले मण्‍डलीका निर्माणको काममा श्रेष्‍ठता हासिल गर्ने प्रयत्‍न गर।
13 यसकारण अन्‍य भाषामा बोल्‍नेले त्‍यसको अर्थ खोल्‍ने शक्तिको निम्‍ति प्रार्थना गरोस्‌।
14 किनभने मैले अन्‍य भाषामा प्रार्थना गर्दा मेरो आत्‍माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्‍फल हुन्‍छ।
15 अब मैले के गर्ने त? म आत्‍माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्‍माले स्‍तुति गर्नेछु, र म दिमागले पनि स्‍तुति गर्नेछु।
16 नत्रता तिमीले आत्‍मामा परमेश्‍वरको प्रशंसा गर्दा बुझ्‍न नसक्‍ने बाहिरको मानिसले तिम्रो धन्‍यवादको प्रार्थनापछि “आमेन” कसरी भन्‍ने? जब कि तिमीले के भनेको सो उसले बुझ्‍दैन।
17 तिमी त राम्ररी धन्‍यवाद दिन्‍छौ होला, तर त्‍यसले त्‍यो अर्को मानिसको केही आत्‍मिक वृद्धि गर्दैन।
18 म परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्‍दा बढ़ी म अन्‍य भाषामा बोल्‍दछु।
19 तापनि मण्‍डलीमा अन्‍य भाषामा दश हजार शब्‍द बोल्‍नुभन्‍दा त बरु आफ्‍नै दिमागले पाँच वटा शब्‍द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्‍न चाहन्‍छु।
20 भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्‍ति बालक बन, तर सोच-विचारमा परिपक्‍व बन।
21 व्‍यवस्‍थामा लेखिएको छ, “अनौठो भाषा बोल्‍ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्‍नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्‍नेछैनन्, परमप्रभु भन्‍नुहुन्‍छ।”
22 यसकारण अन्‍य भाषाहरू विश्‍वासीहरूका निम्‍ति होइन, तर अविश्‍वासीहरूका निम्‍ति चिन्‍ह हो। तर अगमवाणीचाहिँ अविश्‍वासीहरूका निम्‍ति होइन, तर विश्‍वासीहरूका निम्‍ति हो।
23 यदि जम्‍मै मण्‍डली भेला भएर हरेकले अन्‍य भाषामा बोल्‍यो भने, र विश्‍वास नगर्ने मानिसहरू र नबुझ्‍नेहरू त्‍यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्‍नेछैनन्‌ र?
24 तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्‍वासी वा बाहिरको मानिस त्‍यहाँ पस्‍यो भने उसलाई सबैद्वारा आफ्‍नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।
25 त्‍यसको हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्, र घोप्‍टो परेर त्‍यसले परमेश्‍वरलाई पुज्‍नेछ, र त्‍यसले “परमेश्‍वर तिमीहरूका माझमा हुनुहुन्‍छ” भन्‍ने घोषणा गर्नेछ।
26 भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्‍य भाषा वा अर्थ खोलाइ हुन्‍छ। यी सबै कुरा आत्‍मिक वृद्धिको निम्‍ति गरिऊन्‌।
27 कसैले अन्‍य भाषामा बोल्‍छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्‍यसको अर्थ खोलोस्‌।
28 तर अर्थ खोल्‍ने त्‍यहाँ कोही नभए बोल्‍ने मानिस मण्‍डलीको सभामा चूप रहोस्, र त्‍यो आफैसँग र परमेश्‍वरसँग बोलोस्‌।
29 अगमवाणी बोल्‍नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्‌।
30 तर त्‍यहाँ बस्‍ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्‌।
31 तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्‍न सक्‍छौ, र यसरी नै सबैले सिक्‍न सक्‍छन्‌ अनि सबैले उत्‍साह पाउन सक्‍छन्‌।
32 अगमवक्ताहरूका आत्‍मा अगमवक्ताहरूकै अधीनमा हुन्‍छन्‌।
33 किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ। सन्‍तहरूका सबै मण्‍डलीमा भएको प्रथाअनुसार,
34 स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌।
35 केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो।
36 के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?
37 कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌।
38 तर कसैले यसको वास्‍ता गर्दैन भने, त्‍यसको पनि वास्‍ता गरिनेछैन।
39 यसकारण भाइ हो, अगमवाणी बोल्‍ने उत्‍कट इच्‍छा गर, र अन्‍य भाषामा बोल्‍नेहरूलाई मनाही नगर।
40 तर सबै काम शिष्‍टतापूर्वक र सुव्‍यवस्‍थित ढङ्गले हुनुपर्छ।

एफिसी 4 : 1 – 32
1 यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्‍यही योग्‍यको जीवन यापन गर।
2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
3 शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।
4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।
7 तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
8 यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9 (अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो।
10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।)
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,
13 जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।
15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।
16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
17 अब म यो जोड दिएर प्रभुमा भन्‍दछु र प्रभुमा गवाही दिँदछु, कि अन्‍यजातिहरू जसरी तिनीहरूका विचारको व्‍यर्थतामा जिउँदछन्‌ त्‍यसरी तिमीहरू अबदेखि उसो नजिओ।
18 तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।
20 तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।
25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌।
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।
30 अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *