उभयलिंगीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उभयलिंगीहरू

लेवीहरू 20 : 13
13 “‘कुनै मान्‍छेले स्‍त्रीसँग सम्‍भोग गरेझैँ पुरुषसित गर्‍यो भने त्‍यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।

रोमी 1 : 26 – 27
26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,
27 र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।

लेवीहरू 18 : 22
22 “‘स्‍त्रीहरूसँगझैँ पुरुषसँग सम्‍भोग नगर्‌। त्‍यो घृणित कार्य हो।

१ कोरिन्थी 6 : 9 – 11
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।
11 तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।

रोमी 1 : 27
27 र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।

१ तिमोथी 1 : 8 – 11
8 हामी जान्‍दछौं कि यदि कसैले उचित रूपले पालन गर्‍यो भने व्‍यवस्‍था असल छ।
9 हामी यो पनि जान्‍दछौं कि व्‍यवस्‍था असल मानिसको निम्‍ति होइन, तर व्‍यवस्‍था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्‍ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्‍ति, ज्‍यानमाराहरूका निम्‍ति,
10 व्‍यभिचारीहरूका निम्‍ति, पुरुषगामीहरूका निम्‍ति, अपहरणकारीहरूका निम्‍ति, झूटा बोल्‍नेहरूका निम्‍ति, झूटा गवाही दिनेहरूका निम्‍ति, र सत्‍य सिद्धान्‍तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्‍ति हो।
11 यो मलाई सुम्‍पिएका परमधन्‍य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ।

१ कोरिन्थी 6 : 9
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *