यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उपहार दिने
२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
याकूब 1 : 17
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।
हिब्रू 13 : 16
16 भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।
प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।”
मत्ती 6 : 1 – 4
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
4 तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
मत्ती 6 : 3
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
१ यूहन्ना 3 : 17
17 कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
प्रेरित 4 : 32 – 35
32 विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।
33 ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्थानको गवाही दिन्थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।
34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जति जना जग्गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे,
35 र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे।
मत्ती 5 : 42
42 तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
२ कोरिन्थी 8 : 12
12 किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्य हुन्छ, नभएअनुसारको होइन।
मलाकी 3 : 10
10 सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
रोमी 12 : 8
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
हितोपदेश 25 : 14
14 झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ।
मत्ती 25 : 35
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
लूका 3 : 11
11 तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
एफिसी 4 : 28
28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
याकूब 1 : 27
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
Leave a Reply