उपवास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उपवास

२ शमूएल 1 : 12
12 अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्‍मै उपवास बसे।

भजनसंग्रह 35 : 13
13 तापनि तिनीहरू बिरामी हुँदा, मैले भाङ्‌ग्राको वस्‍त्र लगाएँ, र उपवास बसेर आफूलाई दीन बनाएँ। जब मेरा प्रार्थना उत्तरविनै फर्केर आए,

दानिएल 6 : 18
18 तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन।

२ शमूएल 12 : 16
16 दाऊदले त्‍यस बालकको निम्‍ति परमप्रभुसित बिन्‍ती गरे। तिनी उपवास बसे, र आफ्‍नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए।

एस्‍तर 4 : 16
16 “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।”

प्रेरित 13 : 3
3 तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्‍ना हात राखेर उनीहरूलाई बिदा दिए।

प्रेरित 14 : 23
23 जब तिनीहरूले उनीहरूको हरेक मण्‍डलीमा एल्‍डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्‍वास गरेका प्रभुको जिम्‍मामा उनीहरूलाई सुम्‍पिदिए।

दानिएल 9 : 3
3 यसकारण म उपवाससाथ भाङ्‌ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्‍तर्बिन्‍ती गर्दै परमप्रभु परमेश्‍वरतिर फर्कें।

१ शमूएल 7 : 6
6 जब तिनीहरू त्‍यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्‍ने खन्‍याए। त्‍यस दिन “हामीले परमप्रभुको विरुद्धमा पाप गर्‍यौं” भनी स्‍वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि शमूएल मिस्‍पामा इस्राएलका अगुवा [1] भए।

नहेम्‍याह 9 : 2
2 इस्राएली वंशकाहरूले सबै विदेशीहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरू खड़ा भई आफ्‍ना पाप र आफ्‍ना पुर्खाहरूको अधर्म स्‍वीकार गरे।

व्यवस्था 9 : 18
18 परमप्रभुको दृष्‍टिमा कुकर्म गरी तिमीहरूले आफ्‍ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्‍याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्‍म परमप्रभुको अगि लम्‍पसार परिरहें। मैले रोटी वा पानी खाइनँ।

नहेम्‍याह 9 : 1
1 त्‍यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्‌ग्रा लगाई आ-आफ्‍नो शिरमा धूलो हालेर उपवासको निम्‍ति भेला भए।

व्यवस्था 9 : 9
9 परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्‍लेको थिएँ, तब म त्‍यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ।

व्यवस्था 9 : 18
18 परमप्रभुको दृष्‍टिमा कुकर्म गरी तिमीहरूले आफ्‍ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्‍याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्‍म परमप्रभुको अगि लम्‍पसार परिरहें। मैले रोटी वा पानी खाइनँ।

मत्ती 4 : 2
2 उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।

मर्कूस 1 : 13
13 शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्‍थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्‍वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।

लूका 4 : 2
2 र चालीस दिनसम्‍म उजाड-स्‍थानमा दियाबलसबाट [1] उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानुभएन, र चालीस दिन समाप्‍त भएपछि उहाँ भोकाउनुभयो।

मत्ती 9 : 14
14 तब यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्‍तछौं, तर तपाईंका चेलाहरू उपवास बस्‍दैनन्‌?”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *