उपचार को उपहार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उपचार को उपहार

१ कोरिन्थी 14 : 1 – 40
1 प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्‍मिक वरदानहरूका निम्‍ति उत्‍कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्‍नका निम्‍ति।
2 किनकि अन्‍य भाषामा बोल्‍नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्‍दछ। उसले के भन्‍दैछ कसैले बुझ्‍दैन, पवित्र आत्‍मामा रहस्‍यका कुराहरू नै ऊ बोल्‍दछ।
3 तर अगमवाणी बोल्‍ने हरेकले मानिसहरूसँग नै बोल्‍दछ। तिनीहरूका आत्‍मिक वृद्धि, उत्‍साह र सान्‍त्‍वनाको निम्‍ति ऊ बोल्‍दछ।
4 अन्‍य भाषामा बोल्‍नेले आफ्‍नै आत्‍मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्‍नेले मण्‍डलीको आत्‍मिक वृद्धि गराउँछ।
5 तिमीहरू सबै अन्‍य भाषा बोल भन्‍ने म चाहन्‍छु, तर त्‍यसभन्‍दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्‍छु। मण्‍डलीको आत्‍मिक वृद्धिको निम्‍ति कसैले अर्थ खोलिदिएन भने, अन्‍य भाषामा बोल्‍नेभन्‍दा अगमवाणी बोल्‍ने श्रेष्‍ठ हो।
6 भाइ हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्‍दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्‍याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्‍छ?
7 बाँसुरी वा वीणाजस्‍ता निर्जीव बाजाबाट स्‍पष्‍ट ध्‍वनि निस्‍केन भने, कसले भन्‍न सक्‍छ के बजिरहेछ?
8 यदि तुरहीले स्‍पष्‍ट ध्‍वनि दिएन भने युद्धको निम्‍ति को तयार हुने?
9 तिमीहरूसँग पनि यस्‍तै हुन्‍छ। यदि बुझ्‍नै नसकिने शब्‍द तिमीहरू आफ्‍नो जिब्रोले बोल्‍दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्‍ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।
10 संसारमा शायद धेरै किसिमका भाषाहरू छन्‌। ती कुनै पनि अर्थहीन छैनन्‌।
11 यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भनेता बोल्‍नेको निम्‍ति म विदेशी हुन्‍छु, र त्‍यो बोल्‍नेचाहिँ मेरो निम्‍ति विदेशी हुनेछ।
12 यसरी नै तिमीहरू पनि पवित्र आत्‍माका वरदानहरूका निम्‍ति उत्‍सुक भएका हुनाले मण्‍डलीका निर्माणको काममा श्रेष्‍ठता हासिल गर्ने प्रयत्‍न गर।
13 यसकारण अन्‍य भाषामा बोल्‍नेले त्‍यसको अर्थ खोल्‍ने शक्तिको निम्‍ति प्रार्थना गरोस्‌।
14 किनभने मैले अन्‍य भाषामा प्रार्थना गर्दा मेरो आत्‍माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्‍फल हुन्‍छ।
15 अब मैले के गर्ने त? म आत्‍माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्‍माले स्‍तुति गर्नेछु, र म दिमागले पनि स्‍तुति गर्नेछु।
16 नत्रता तिमीले आत्‍मामा परमेश्‍वरको प्रशंसा गर्दा बुझ्‍न नसक्‍ने बाहिरको मानिसले तिम्रो धन्‍यवादको प्रार्थनापछि “आमेन” कसरी भन्‍ने? जब कि तिमीले के भनेको सो उसले बुझ्‍दैन।
17 तिमी त राम्ररी धन्‍यवाद दिन्‍छौ होला, तर त्‍यसले त्‍यो अर्को मानिसको केही आत्‍मिक वृद्धि गर्दैन।
18 म परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्‍दा बढ़ी म अन्‍य भाषामा बोल्‍दछु।
19 तापनि मण्‍डलीमा अन्‍य भाषामा दश हजार शब्‍द बोल्‍नुभन्‍दा त बरु आफ्‍नै दिमागले पाँच वटा शब्‍द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्‍न चाहन्‍छु।
20 भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्‍ति बालक बन, तर सोच-विचारमा परिपक्‍व बन।
21 व्‍यवस्‍थामा लेखिएको छ, “अनौठो भाषा बोल्‍ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्‍नेछु, र पनि तिनीहरूले मेरो कुरा सुन्‍नेछैनन्, परमप्रभु भन्‍नुहुन्‍छ।”
22 यसकारण अन्‍य भाषाहरू विश्‍वासीहरूका निम्‍ति होइन, तर अविश्‍वासीहरूका निम्‍ति चिन्‍ह हो। तर अगमवाणीचाहिँ अविश्‍वासीहरूका निम्‍ति होइन, तर विश्‍वासीहरूका निम्‍ति हो।
23 यदि जम्‍मै मण्‍डली भेला भएर हरेकले अन्‍य भाषामा बोल्‍यो भने, र विश्‍वास नगर्ने मानिसहरू र नबुझ्‍नेहरू त्‍यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्‍नेछैनन्‌ र?
24 तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्‍वासी वा बाहिरको मानिस त्‍यहाँ पस्‍यो भने उसलाई सबैद्वारा आफ्‍नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।
25 त्‍यसको हृदयका गुप्‍त कुराहरू प्रकट हुनेछन्, र घोप्‍टो परेर त्‍यसले परमेश्‍वरलाई पुज्‍नेछ, र त्‍यसले “परमेश्‍वर तिमीहरूका माझमा हुनुहुन्‍छ” भन्‍ने घोषणा गर्नेछ।
26 भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्‍य भाषा वा अर्थ खोलाइ हुन्‍छ। यी सबै कुरा आत्‍मिक वृद्धिको निम्‍ति गरिऊन्‌।
27 कसैले अन्‍य भाषामा बोल्‍छ भने दुई जनाले मात्र अथवा बढ़ीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्‍यसको अर्थ खोलोस्‌।
28 तर अर्थ खोल्‍ने त्‍यहाँ कोही नभए बोल्‍ने मानिस मण्‍डलीको सभामा चूप रहोस्, र त्‍यो आफैसँग र परमेश्‍वरसँग बोलोस्‌।
29 अगमवाणी बोल्‍नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्‌।
30 तर त्‍यहाँ बस्‍ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्‌।
31 तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्‍न सक्‍छौ, र यसरी नै सबैले सिक्‍न सक्‍छन्‌ अनि सबैले उत्‍साह पाउन सक्‍छन्‌।
32 अगमवक्ताहरूका आत्‍मा अगमवक्ताहरूकै अधीनमा हुन्‍छन्‌।
33 किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ। सन्‍तहरूका सबै मण्‍डलीमा भएको प्रथाअनुसार,
34 स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌।
35 केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो।
36 के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?
37 कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌।
38 तर कसैले यसको वास्‍ता गर्दैन भने, त्‍यसको पनि वास्‍ता गरिनेछैन।
39 यसकारण भाइ हो, अगमवाणी बोल्‍ने उत्‍कट इच्‍छा गर, र अन्‍य भाषामा बोल्‍नेहरूलाई मनाही नगर।
40 तर सबै काम शिष्‍टतापूर्वक र सुव्‍यवस्‍थित ढङ्गले हुनुपर्छ।

यूहन्‍ना 5 : 2
2 यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्‍ड छ, जसलाई हिब्रू भाषामा बेथस्‍दा भनिन्‍छ।

याकूब 1 : 1 – 27
1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन।
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।
3 किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।
4 धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।
6 तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
7 त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।
9 दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्,
10 र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।
11 किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।
16 मेरा प्‍यारा भाइ हो, धोकामा नपर।
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।
18 उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।
21 यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *