यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उद्योग
उत्पत्ति 2 : 15
15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोड़गाड़ र हेरचाह गर्न राख्नुभयो।
प्रस्थान 23 : 12
12 छ दिनसम्म आफ्नो कामकाज गर र सातौँ दिनमा चाहिँ विश्राम लेओ, र तिमीहरूको गोरु, गधा, तिम्रो घरमा जन्मेको दास, र विदेशी पनि ताजा होऊन्।
व्यवस्था 5 : 13
13 छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
प्रस्थान 35 : 2
2 छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्।
हितोपदेश 10 : 5
5 ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरा बुद्धिमान् हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरो हो।
हितोपदेश 12 : 11
11 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने विनासमझको हुन्छ।
हितोपदेश 12 : 24
24 लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो।
हितोपदेश 12 : 27
27 अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ।
हितोपदेश 13 : 4
4 अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ।
हितोपदेश 13 : 11
11 बेईमानीसँग कमाइएको धन घट्दैजान्छ, तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्दैजान्छ।
हितोपदेश 13 : 23
23 गरीब मानिसको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यो खोसेर लैजान्छ।
हितोपदेश 14 : 4
4 जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ।
हितोपदेश 14 : 23
23 सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्छ।
हितोपदेश 16 : 26
26 परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लाउँछ, त्यसको भोकले त्यसलाई कजाउँछ।
हितोपदेश 20 : 13
13 निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्-झन् दरिद्र तुल्याउँछ। जागा रहेस् र तँसँग जगेरा अन्न रहनेछ।
हितोपदेश 21 : 5
5 लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।
हितोपदेश 22 : 29
29 आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।
हितोपदेश 27 : 27
27 बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।
हितोपदेश 28 : 19
19 आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौड्नेहरू दरिद्रताले भरिन्छन्।
हितोपदेश 30 : 28
28 छेपारालाई हातले पक्रन सकिन्छ तापनि राजाको महलमा यो पाइन्छ।
हितोपदेश 31 : 27
27 तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन्।
उपदेशक 1 : 3
3 मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?
उपदेशक 2 : 11
11 तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्येक कुरा व्यर्थ थियो। बतासलाई खेदेको जस्तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्धि भएन।
उपदेशक 2 : 22
22 सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्तासहितको परिश्रमबाट मानिसले के पाउँछ र?
उपदेशक 9 : 10
10 तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा, [1] जहाँ तिमी जान्छौ, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।
उपदेशक 11 : 4
4 बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।
उपदेशक 11 : 6
6 बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ।
Leave a Reply