उद्धार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उद्धार

भजनसंग्रह 82 : 3 – 4
3 दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्‍याय गर।
4 दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्‍टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।

भजनसंग्रह 37 : 39
39 धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्‍छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्‍थान हुनुहुन्‍छ।

हितोपदेश 24 : 11 – 12
11 मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्‌।
12 यदि तँ भन्‍छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्‍याल राख्‍नुहुन्‍न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र? के उहाँले हरेक व्‍यक्तिलाई त्‍यसको कामअनुसार बदला दिनुहुन्‍न र?

इजकिएल 34 : 11 – 12
11 “‘किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: अब म आफैले मेरा भेड़ाहरूको खोजी गरेर तिनीहरूको हेरचाह गर्नेछु।
12 जसरी आफ्‍नो बगाल यताउता छरपष्‍ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्‍न जान्‍छ, त्‍यसरी नै म मेरा भेड़ाहरूलाई खोज्‍नेछु। अँध्‍यारो धुम्‍मिएको दिनमा छरपष्‍ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु।

यर्मिया 1 : 7 – 8
7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ।
8 तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

यशैया 46 : 3 – 4
3 “हे याकूबका घराना, ध्‍यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्‍मैदेखि बोकेको छु।
4 तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।

भजनसंग्रह 17 : 6
6 म तपाईंमा पुकार गर्दछु, हे परमेश्‍वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्‍नुहोस्‌, र मेरो बिन्‍ती सुन्‍नुहोस्‌।

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

यूहन्‍ना 8 : 32
32 तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”

यशैया 44 : 2
2 तँलाई बनाउने, तँलाई गर्भमा रच्‍ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

मत्ती 28 : 1 – 20
1 शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्‍यालो हुँदा मरियम मग्‍दलिनी र अर्की मरियम चिहान हेर्न आए।
2 ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे।
3 तिनको रूप बिजुलीजस्‍तो र पोशाक हिउँजस्‍तो सेतो थियो।
4 तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्‍य भए।
5 तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ।
6 उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।
7 तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”
8 अनि तिनीहरू डर र अति आनन्‍दसँग झट्टै चिहानबाट निस्‍केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
9 अकस्‍मात्‌ येशूले तिनीहरूलाई भेटेर भन्‍नुभयो, “शान्‍ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्‍डवत्‌ गरे।
10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्‍यहाँ तिनीहरूले मलाई देख्‍नेछन्‌।”
11 जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए।
12 जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,
13 “तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’
14 कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”
15 तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।
16 ती एघारै जना चेलाहरू गालीलको त्‍यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो।
17 तिनीहरूले उहाँलाई देखेर दण्‍डवत्‌ गरे, तर कतिले चाहिँ शङ्का गरे।
18 तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

भजनसंग्रह 139 : 16
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

व्यवस्था 22 : 6 – 7
6 बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ।
7 माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्‍छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।

व्यवस्था 22 : 4
4 आफ्‍नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्‍तै नगर। तर त्‍यसलाई उठाउन भाइलाई मदत गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *