उदाहरण हो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उदाहरण हो

१ तिमोथी 4 : 12
12 जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।

तीतस 2 : 6 – 7
6 त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ।
7 सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्‍भीरता,

१ पत्रुस 2 : 16
16 स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।

हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन।

हितोपदेश 24 : 1 – 2
1 दुष्‍ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्‍छा नगर्,
2 किनभने तिनीहरूको हृदयले उपद्रव रच्‍दछ, र तिनीहरूका ओठले झमेला ल्‍याउने कुरा गर्दछ।

१ पत्रुस 2 : 12
12 अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।

मत्ती 5 : 13
13 “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन।

फिलिप्पी 3 : 17
17 भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर।

यूहन्‍ना 13 : 15
15 किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्‍ति गरें, तिमीहरूले पनि त्‍यसै गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *