उदाहरण द्वारा बाँच्न

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उदाहरण द्वारा बाँच्न

मत्ती 5 : 16
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

१ पत्रुस 2 : 21
21 किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ।

फिलिप्पी 2 : 1 – 30
1 यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने,
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर।
3 स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।
4 तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
6 परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।
8 स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।
9 त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ,
10 कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।
16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ।
17 यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।
18 त्‍यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
19 म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्‍न हुन सकूँ।
20 तिनीजस्‍तो साँचो मनले तिमीहरूका कल्‍याणको चिन्‍ता गर्ने मानिस मसँग अरू कोही छैन।
21 येशू ख्रीष्‍टका कुराको वास्‍ता नगरी, तिनीहरू सबै आफ्‍नै स्‍वार्थ खोज्‍छन्‌।
22 तर तिमोथीको योग्‍यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्‍यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।
23 यसकारण मेरो निम्‍ति के-कसो हुन्‍छ सो बुझ्‍ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु।
24 अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।
25 इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्‍यक ठानेको छु,
26 किनकि तिनले तिमीहरू सबैका निम्‍ति अति तृष्‍णा गरिरहेका छन्‌। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्‍याकुल भएका छन्‌।
27 तिनी साँच्‍चै मरणान्‍त बिरामी थिए, तर परमेश्‍वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस्‌ भनेर ममाथि पनि दया गर्नुभयो।
28 यसकारण म तिनलाई पठाउन झन्‌ बढ़ी उत्‍सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्‍ता पनि कम हुनेछ।
29 त्‍यसैले ज्‍यादै आनन्‍दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्‍ता मानिसहरूलाई आदर गर।
30 किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्‍टका कामको निम्‍ति तिनी मृत्‍युको मुखैमा पुगेका थिए।

एफिसी 5 : 1 – 2
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ।
2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो।

मत्ती 12 : 36 – 37
36 म तिमीहरूलाई भन्‍दछु, हरेक व्‍यर्थको कुरा जो मानिसहरू बोल्‍दछन्, न्‍यायको दिनमा तिनीहरूले त्‍यसको लेखा दिनुपर्नेछ।’
37 किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”

रोमी 13 : 13
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।

फिलिप्पी 4 : 9
9 तिमीहरूले जुन कुरा मबाट सिक्‍यौ, र ग्रहण गर्‍यौ र सुन्‍यौ र ममा देख्‍यौ, त्‍यही गर, र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

प्रकाश 22 : 1 – 21
1 तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की
2 त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए।
3 अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌।
4 तिनीहरूले उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।
5 त्‍यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्‍यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूको उज्‍यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्‍य गर्नेछन्‌।
6 तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्‍य छन्‌। अब चाँड़ै हुन आउने कुराहरू आफ्‍ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्‍माका परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो।”
7 “हेर, म चाँड़ै आउँदैछु। यस पुस्‍तकको अगमवाणीका वचन पालन गर्ने धन्‍यको हो।”
8 यी कुरा सुन्‍ने र देख्‍ने म यूहन्‍ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्‍वर्गदूतको पाउमा दण्‍डवत्‌ गर्न म घोप्‍टो परें।
9 तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्‍ने तिम्रा भाइहरू र यस पुस्‍तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर।”
10 तब तिनले मलाई यसो भने, “यस पुस्‍तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ।
11 दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।”
12 “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।
13 म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।
14 “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌।
15 बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।
16 “म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।”
17 पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌।
18 यस पुस्‍तकको अगमवाणीका वचन सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्‍छु: यदि कसैले तिनमा थप्‍यो भने यस पुस्‍तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ।
19 अनि कसैले यस अगमवाणीको पुस्‍तकका वचनबाट केही घटायो भने, यस पुस्‍तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्‍यसले पाउने हिस्‍सा परमेश्‍वरले त्‍यसबाट खोस्‍नुहुनेछ।
20 यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू।
21 प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन।

एफिसी 5 : 8
8 किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *