उत्सव

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उत्सव

भजनसंग्रह 150 : 1 – 6
1 हल्‍लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्‍थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्‍ति उहाँको प्रशंसा गर! उहाँको उत्‍कृष्‍ट महानताको निम्‍ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्‍यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्‍जायमान पार्ने झ्‍यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!

१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।

रोमी 14 : 5 – 6
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्‍दा बढ़ी महत्त्वको मान्‍छ, अर्को मानिसले सबै दिनलाई समान ठान्‍छ। हरेक मानिस आफ्‍नै मनमा पूर्ण रूपले निश्‍चित हुनुपर्छ।
6 जुन व्‍यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्‍यसले प्रभुको आदरको निम्‍ति पालन गर्छ। जुन व्‍यक्तिले खान्‍छ, त्‍यसले प्रभुको निम्‍ति खान्‍छ, किनकि त्‍यसले परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ। जुन व्‍यक्तिले खाँदैन, त्‍यसले परमेश्‍वरको आदरको निम्‍ति खाँदैन र परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ।

मत्ती 2 : 11
11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।

१ कोरिन्थी 5 : 8
8 यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *