उत्तराधिकारी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उत्तराधिकारी

गलाती 4 : 2
2 तर बाबुले ठहराएको समयसम्‍म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्‍छ।

उत्‍पत्ति 15 : 3
3 फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्‍तान दिनुभएन, र मेरो घरमा जन्‍मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।”

उत्‍पत्ति 21 : 10
10 यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्‍यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।”

गलाती 4 : 30
30 तर धर्मशास्‍त्रले के भन्‍दछ? “कमारी र त्‍यसको छोरालाई निकालिदेऊ, किनभने दासी-पुत्र स्‍वतन्‍त्र स्‍त्रीको छोरासँग उत्तराधिकारी हुनेछैन।”

उत्‍पत्ति 25 : 6
6 तर आफू जीवित छँदै उनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्ट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए।

लेवीहरू 25 : 46
46 आफ्‍ना भावी सन्‍तानको अधिकार र निज धन तुल्‍याउनलाई पनि तिनीहरूबाटै कमारा-कमारीहरू ल्‍याए हुन्‍छ, तर इस्राएली दाजुभाइहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू।

गन्ती 27 : 11
11 त्‍यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्‍दा नजिकको साइनो पर्नेलाई त्‍यसको उत्तराधिकारी बनाइदिनू, र त्‍यसले त्‍यो आफ्‍नो हकमा लेओस्‌। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्‍ति धर्म-विधान होस्‌’।”

गन्ती 36 : 8
8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको हिस्‍सा पाउने युवतीले त्‍यसकै बुबापट्टिको कुलमा विवाह गरोस्, र हरेक इस्राएलीले आफ्‍नै पैतृक-सम्‍पत्तिको हिस्‍सा पाओस्‌।

यहोशू 17 : 6
6 किनभने मनश्‍शेका छोरीहरूले पनि तिनका छोराहरूकै बीचमा भाग पाएका थिए। गिलाद देशचाहिँ मनश्‍शेका बाँकी सन्‍तानहरूको भागमा पर्‍यो।

व्यवस्था 21 : 17
17 तर त्‍यसले मन नपर्नेको छोरालाई नै आफ्‍ना सबै धन-सम्‍पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्‍यता देओस्, किनभने त्‍योचाहिँ त्‍यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्‍यसको नै हुनेछ।

रूथ 4 : 12
12 अनि परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्‍तानको घराना तामारले यहूदाबाट जन्‍माएका छोरा फारेसको घरानाजस्‍तै होस्‌।”

रोमी 8 : 17
17 र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।

गलाती 3 : 29
29 यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।

गलाती 4 : 7
7 यसैकारण, परमेश्‍वरद्वारा तिमी अब उप्रान्‍त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ।

तीतस 3 : 7
7 ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्‍त जीवनको आशा राख्‍ने उत्तराधिकारी बन्‍न सकौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *