यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उज्यालो
उत्पत्ति 1 : 5
5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन।
यशैया 45 : 7
7 मैले उज्यालो बनाएँ, र अँध्यारोलाई सृष्टि गरें। म उन्नति ल्याउँछु, र संहार सृष्टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।
२ कोरिन्थी 4 : 6
6 जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस्।
मत्ती 17 : 2
2 तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्क्यो,
प्रेरित 9 : 3
3 जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो।
१ राजाहरू 11 : 36
36 मेरो नाउँ राख्नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस् भनेर एउटा कुलचाहिँ म त्यसको छोरालाई दिनेछु।
भजनसंग्रह 27 : 1
1 दाऊदको भजन [1] परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु?
भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो।
हितोपदेश 6 : 23
23 किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्योति हुन्, र अनुशासनको लागि गरिने हप्काइहरू जीवनका मार्ग हुन्,
उपदेशक 2 : 13
13 मैले के देखें भने जसरी अँध्यारोभन्दा उज्यालो असल हुन्छ, त्यसरी नै मूर्खताभन्दा बुद्धि असल हुन्छ।
यशैया 8 : 20
20 व्यवस्था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन।
यशैया 49 : 6
6 उहाँ भन्नुहुन्छ: “याकूबका कुलहरूलाई फेरि पुनर्स्थापन गर्न र इस्राएलको बाँकी भागलाई फेरि फर्काई ल्याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ। पृथ्वीको पल्लो छेउसम्म तैंले मेरो उद्धार पुर्याओस् भनी अन्यजातिहरूकहाँ एउटा ज्योति पनि म तँलाई बनाउनेछु।”
यशैया 58 : 8
8 तब तिमीहरूको ज्योति बिहानझैँ फुटेर निस्कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ।
यशैया 60 : 20
20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, र तेरो चन्द्रमा पनि घट्नेछैन। परमप्रभु तेरो सदाको ज्योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्त्य हुनेछ।
मत्ती 4 : 16
16 अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
मत्ती 5 : 14
14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
मत्ती 5 : 16
16 यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
लूका 2 : 32
32 अन्यजातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्ति ज्योति।”
लूका 11 : 34
34 तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
लूका 16 : 8
8 “अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारीफ गर्यो किनकि त्यसले चतुर्याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढ़ी चतुर हुन्छन्।
यूहन्ना 1 : 5
5 त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।
यूहन्ना 1 : 9
9 हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
यूहन्ना 3 : 21
21 सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”
यूहन्ना 5 : 35
35 यूहन्ना बल्दो र चम्किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्द मनाउन राजी भयौ।
यूहन्ना 8 : 12
12 येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
यूहन्ना 9 : 5
5 म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ।”
यूहन्ना 12 : 36
36 जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान होओ।” यी कुरा भन्नुभएपछि, येशू त्यहाँबाट जानुभयो, र तिनीहरूबाट लुकेर बस्नुभयो।
Leave a Reply