ईसाई परिपक्वता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईसाई परिपक्वता

१ कोरिन्थी 13 : 11
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।

हिब्रू 5 : 12 – 14
12 किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ।
13 दूध मात्र खाएर बाँच्‍ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्‍यो बालकै हुन्‍छ।
14 खँदिलो भोजन त परिपक्‍व मानिसहरूका निम्‍ति हो। यिनीहरूको मानसिक शक्ति निरन्‍तर अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने भएको हुन्‍छ।

याकूब 1 : 22
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।

१ कोरिन्थी 14 : 20
20 भाइ हो, सोच-विचारमा बालक नहोओ। खराबीको निम्‍ति बालक बन, तर सोच-विचारमा परिपक्‍व बन।

यूहन्‍ना 3 : 19 – 21
19 फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।
20 किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।
21 सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”

एफिसी 4 : 11 – 14
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,
13 जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

लूका 8 : 14
14 काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌।

मलाकी 2 : 15
15 के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्‍मामा तिनीहरू उहाँकै हुन्‌। अनि तिनीहरू किन एउटै हुन्‌? किनभने उहाँले ईश्‍वरीय सन्‍तान खोज्‍दैहुनुहुन्‍थ्‍यो। यसैले तिमीहरू आफ्‍नो आत्‍माको रक्षा गर, र आफ्‍नो जवानीपनकी पत्‍नीसँगको विश्‍वास भङ्ग नगर।

कलस्सी 1 : 9 – 12
9 यसैकारण हामीले त्‍यो सुनेको दिनदेखि उहाँको इच्‍छाको ज्ञानले सारा आत्‍मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्‍ती गर्दै तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेका छैनौं,
10 र उहाँलाई पूर्ण रूपले प्रसन्‍न पार्ने प्रभुको योग्‍य जीवन बिताउँदै र प्रत्‍येक असल काममा फलवन्‍त हुँदै परमेश्‍वरको ज्ञानमा बढ्‌दैजान सक।
11 उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।
12 ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ।

लूका 12 : 48
48 तर मालिकको इच्‍छा नजानेर पिटाइ खाने योग्‍यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्‍येक जसलाई धेरै दिइएको छ, त्‍यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्‍पिएको छ, त्‍यसबाट अझ बढ़ी लिइनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *