ईश्वरीय सुरक्षा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईश्वरीय सुरक्षा

यशैया 54 : 17
17 तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्‌। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्‍पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

भजनसंग्रह 91 : 1 – 16
1 जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।
2 परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”
3 निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6 न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7 एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन।
8 तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ।
9 यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ—
10 तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।
13 तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।
15 त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
16 लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

यहूदा 1 : 24 – 25
24 अब, जसले तिमीहरूलाई पापमा फस्‍नदेखि बचाउन सक्‍नुहुन्‍छ, र जसले तिमीहरूलाई आनन्‍दसहित उहाँकै महिमाको सामने निष्‍कलङ्क प्रस्‍तुत गर्न सक्‍नुहुन्‍छ,
25 उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन।

यशैया 40 : 28 – 31
28 के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?
29 उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।
30 युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌।
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

यशैया 26 : 3 – 4
3 जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ।
4 सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्‍छ।

भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।
4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।
5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

भजनसंग्रह 18 : 1 – 6
1 सङ्गीत-निर्देशकको निम्‍ति शत्रुहरू र शाऊलका हातबाट छुटकारा पाएकोमा दाऊदको भजन [1] हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
2 परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़।
3 म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।
4 मृत्‍युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो।
5 पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।
6 मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्‍ति मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्‍यो।

भजनसंग्रह 121 : 1 – 8
1 यात्राको गीत [1] पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ?
2 स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
3 उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन।
4 साँच्‍ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ।
5 परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्‍छ।
6 दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ।
7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।

दानिएल 12 : 1
1 “त्‍यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्‌। यस्‍तो सङ्कष्‍टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्‍यस बेलासम्‍म त्‍यस्‍तो कहिल्‍यै भएको छैन। तर त्‍यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्‍तकमा नाम लेखिएका सबै— बचाइनेछन्‌।

१ पत्रुस 2 : 9
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

यूहन्‍ना 8 : 32
32 तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”

भजनसंग्रह 91 : 10
10 तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।

मत्ती 13 : 43
43 तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।

१ यूहन्‍ना 3 : 2
2 प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।

हिब्रू 4 : 16
16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

भजनसंग्रह 61 : 1 – 4
1 सङ्गीत-निर्देशकको निम्‍ति— तार वाद्यमा दाऊदको भजन [1] मेरो क्रन्‍दन सुन्‍नुहोस्‌, हे परमेश्‍वर, मेरो प्रार्थनामा ध्‍यान दिनुहोस्‌।
2 जब मेरो हृदय व्‍याकुल हुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउबाट म तपाईंको पुकारा गर्छु, मलाई त्‍यो चट्टानमा लैजानुहोस्‌ जो मभन्‍दा अग्‍लो छ।
3 किनकि तपाईं मेरो शरणस्‍थान, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा हुनुहुन्‍छ।
4 तपाईंको वासस्‍थानमा सधैँ बस्‍ने, तपाईंका पखेटाको आड़मा शरण लिने मेरो चाहना छ। सेला

भजनसंग्रह 1 : 1 – 6
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।

यूहन्‍ना 1 : 9
9 हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो।

यूहन्‍ना 14 : 1 – 296

1 “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।
2 मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु?
3 अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ।
4 जहाँ म गइरहेछु, तिमीहरू त्‍यहाँ जाने बाटो चिन्‍छौ।”
5 थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौं, तब हामीले बाटो कसरी चिन्‍ने?”
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।
7 तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो उहाँलाई चिन्‍दछौ, र उहाँलाई देखेका छौ।”
8 फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्‌। त्‍यति भए हामीलाई पुग्‍छ।”
9 येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’
10 म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ।
11 मलाई विश्‍वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्‍छ। नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर।
12 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।
13 तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस्‌ भनेर म त्‍यो गर्नेछु।
14 तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्‍यौ भने म गरिदिनेछु।
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
16 र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
17 यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।
18 “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
19 अब केही समयपछि संसारले मलाई कहिल्‍यै देख्‍नेछैन, तर तिमीहरूले मलाई देख्‍नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ।
20 त्‍यस दिन तिमीहरूले जान्‍नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु।
21 मलाई प्रेम गर्ने त्‍यही हो जससँग मेरा आज्ञा छन्‌ र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्‍छ। म त्‍यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्‍यसकहाँ प्रकट गर्नेछु।”
22 यहूदाले (इस्‍करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्‍नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्‍छ, र संसारलाई चाहिँ होइन?”
23 येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “जसले मलाई प्रेम गर्छ, त्‍यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौं, र त्‍यससँग वास गर्नेछौं।
24 मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्‍छौ, त्‍यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो।
25 “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ।
26 तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।
27 शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌।
28 “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्‍यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्‍दा महान्‌ हुनुहुन्‍छ।
29 अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक।
30 म तिमीहरूसँग अब धेरै बोल्‍नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्‍यसको ममाथि केही शक्ति छैन।
31 तर म पितालाई प्रेम गर्दछु, र जस्‍तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔं।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *