ईश्वरीयता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईश्वरीयता

१ तिमोथी 4 : 8
8 किनभने शारीरिक तालीम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ।

२ पत्रुस 3 : 11
11 यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ?

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

२ तिमोथी 3 : 12
12 ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,

मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।

१ तिमोथी 6 : 6
6 सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो।

१ तिमोथी 6 : 17 – 19
17 यस संसारका धनीहरूलाई घमण्‍डी नहुने आज्ञा देऊ, र अनिश्‍चित सम्‍पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्‍तसँग उपभोग गर्न दिनुहुने परमेश्‍वरमाथि तिनीहरूले आशा राखून्‌।
18 तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्‌।
19 यसरी आफ्‍नै लागि भविष्‍यको असल जग बसाल्‍न सकून्, ताकि तिनीहरूले त्‍यो जीवन पक्रिराखून्‌ जो साँच्‍ची नै जीवन हो।

२ कोरिन्थी 7 : 1
1 यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

भजनसंग्रह 1 : 1 – 3
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

२ तिमोथी 3 : 5
5 भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।

यहूदा 1 : 4
4 किनकि धेरै अघिदेखि नै दण्‍डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्‍त रूपले तिमीहरूका माझमा पसिसकेका छन्‌। यिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्‍वामी र प्रभु, येशू ख्रीष्‍टलाई इन्‍कार गर्छन्‌।

२ पत्रुस 1 : 5 – 8
5 यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप,
6 ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति,
7 भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।
8 किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌।

२ पत्रुस 1 : 7
7 भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

१ कोरिन्थी 3 : 11
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।

याकूब 1 : 27
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

१ तिमोथी 2 : 10
10 तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।

लूका 21 : 36
36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”

१ तिमोथी 6 : 10
10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *