यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईश्वरनिन्दा
मत्ती 12 : 31 – 32
31 त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन।
32 कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन।
हिब्रू 10 : 29
29 तिमीहरू आफै विचार गर: परमेश्वरका पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्मालाई अपमान गर्नेचाहिँ झन् कति बढ़ी कड़ा दण्डको योग्य ठहरिनेछ।
लूका 12 : 10
10 हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा हुनेछैन।
मर्कूस 3 : 29
29 तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’
Leave a Reply