ईजेबेल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईजेबेल

१ राजाहरू 16 : 31
31 नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्‌न तिनको निम्‍ति कम भएजस्‍तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्‍यसलाई पुज्‍न लागे।

१ राजाहरू 18 : 4
4 जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्‍या गरिरहेकी थिइन्, तब ओबदियाले एक सय जनालाई लिएर तिनीहरूलाई अन्‍नपानी दिएर पचास-पचास गरी दुई ओड़ारमा लुकाइराखेका थिए।)

१ राजाहरू 18 : 13
13 हे मेरा प्रभु, जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दैथिइन्, तब मैले के गरें भनी तपाईंले सुन्‍नुभएको छैन र? मैले पचास-पचास गरी तिनीहरूमध्‍येका एक सय जनालाई ओड़ारमा लुकाइराखें र तिनीहरूलाई अन्‍नपानी जुटाइदिएँ।

१ राजाहरू 18 : 19
19 अब तपाईंले मलाई कर्मेल डाँड़ामा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्‌। अनि बालका ती चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्ता, जसले ईजेबेलको टेबिलमा बसेर खाने गर्दछन्, ती पनि ल्‍याएर आउनुहोस्‌।”

२ राजाहरू 3 : 2
2 तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, तर तिनका पिता र माताले गरेझैँ त होइन। आफ्‍ना पिताले बनाएको बालको चोखा ढुङ्गालाई तिनले हटाए।

२ राजाहरू 3 : 13
13 एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो एक-अर्कासँग के सरोकार? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्‌।” इस्राएलका राजाले तिनलाई जवाफ दिए, “होइन, परमप्रभुले हामी तीनै राजालाई एकैसाथ मोआबीहरूका हातमा सुम्‍पिदिनलाई बोलाउनुभएको हो।”

२ राजाहरू 9 : 7
7 तैंले आफ्‍ना मालिक आहाबको घरानालाई सर्वनाश गर्नुपर्छ, र ईजेबेलले बगाएको मेरा दासहरू, अर्थात्‌ अगमवक्ताहरूको रगत र प्रभुका सबै दासहरूका रगतको साटो म लिनेछु।

२ राजाहरू 9 : 22
22 जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्‍त्रतन्‍त्र रहँदा केको मित्रभाव?”

१ राजाहरू 19 : 3
3 एलिया डराए, र आफ्‍नो प्राण बचाउनलाई भागे। जब तिनी यहूदाको बेर्शेबामा पुगे, तब तिनले आफ्‍नो चाकरलाई त्‍यहीँ छाड़े,

१ राजाहरू 21 : 16
16 नाबोत मर्‍यो भनी जब आहाबले सुने तब तिनी उठेर नाबोतको दाखबारी दखल गर्न गए।

१ राजाहरू 21 : 23
23 “ईजेबेलको विषयमा चाहिँ परमप्रभु भन्‍नुहुन्‍छ: “यिजरेलको पर्खालनेर ईजेबेललाई कुकुरहरूले खानेछन्‌।’

२ राजाहरू 9 : 10
10 ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्‍यसलाई गाड्‌नेछैन’।” त्‍यसपछि ढोका खोलेर तिनी कुदेर गए।

२ राजाहरू 9 : 37
37 ईजेबेलको लाश यिजरेलको त्‍यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्‍न नसकोस्, ‘यो ईजेबेल हो’।”

प्रकाश 2 : 20
20 तर तिम्रो विरुद्धमा मैले यो भन्‍नु छ: तिमी ईजेबेल भन्‍ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे, र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *