ईंट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ईंट

उत्‍पत्ति 11 : 3
3 तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे।

प्रस्‍थान 1 : 11
11 यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए।

प्रस्‍थान 1 : 14
14 अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए।

यशैया 9 : 10
10 “इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्‍जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।”

यशैया 65 : 3
3 एउटा यस्‍ता प्रजा, जसले निरन्‍तर मेरै सामुन्‍ने मलाई रीस उठाउँछन्, बगैँचाहरूमा बलिदान चढ़ाउँछन्, र इँटाले बनाएका वेदीमा धूप बाल्‍छन्,

प्रस्‍थान 5 : 19
19 “दिनहुँ दिनुपर्ने इँटको संख्‍या कम हुनु हुँदैन” भनेको सुनेर इस्राएली नाइकेहरूले सङ्कष्‍टमा परेका थाहा पाए।

२ शमूएल 12 : 31
31 तिनले त्‍यहाँका बासिन्‍दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्‍चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरहरूमा यस्‍ता काम गर्न लगाए। त्‍यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।

यर्मिया 43 : 9
9 “तेरा हातमा ठूलाठूला ढुङ्गा ले, र यहूदीहरूले हेरिरहेकै समयमा तहपनेसमा भएको फारोका महलको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि हिलोमा ती गाड़िराख्‌।

नहूम 3 : 14
14 घेरामा पर्ने दिनको निम्‍ति पानी भरेर राख्‌। तेरा किल्‍लाहरू बलिया पार्‌। काम गर्, हिलो खुट्टाले कुल्‍ची। इँटको काम मरम्‍मत गर्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *